४१ घण्टा नाँचेका चेलीलाई राष्ट्रपतिको हातबाट गिनिजको प्रमाणपत्र

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

दुई नेपाली चेलीले लगातार ४१ घण्टा ५ मिनेट युगल नृत्य गरेर विश्व किर्तिमानी राखेका छन् । गएको जेठ ११ गतेबाट नाँच्न सुरु गरेका चन्द्रागिरी नगरपालिका वडा नं. ६, काठमाडौं निवासी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले यसअघिको अमेरिकाको २८ घण्टा ३० मिनेटको रेकर्ड तोडेका हुन् ।

केहि समयअघि नै गिनिज बुक अफ द रेकर्डले दुई नेपाली चेलीलाई प्रमाणपत्र प्रदान गरिसकेको थियो भने शुक्रबार रुबिशा र एलिशाले राष्ट्रपति बिद्यादेवी भण्डारीको हातबाट प्रमाणपत्र लिए । विश्व किर्तिमानी राखेका दुई चेलीलाई राष्ट्रपति भण्डारीले बधाई दिइन् । साथै उनले नाँच्ने जस्तो दुखको कामबाट नेपालको नाम राख्न सफल भएकोमा धन्यवादका साथै आगामी दिनमा आफूले सक्दो सहयोग गर्ने बताइन् । प्रमाणपत्र ग्रहण गर्दै रुबिशा र एलिशाले खुसी ब्यक्त गरे ।

रुबिशा र एलिशा बुवा शन्त प्रशाद श्रेष्ठ र आमा दुर्गा श्रेष्ठकी दुई छोरी हुन् ।