‘प्रेम गीत’को अर्को रिभरसाइड गीत सार्वजनिक (भिडियो)

...

puja sharma - prem geetपुस १०, काठमाडौं । आउदो माघ २९ अर्थात भ्यालेन्टाइन डे मा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रेम गीत’को दोस्रो गीत सार्वजनिक गरीएको छ । जब पुग्छु रिभरसाइड बोलको गित सार्वजनिक गरीएको हो । जसमा नायिका पुजा शर्मालाई ग्यामरस् देखाइएको छ ।

यस भन्दा अघि सार्वजनिक भएको ‘म यस्तो गीत गाउँछु’ बोलको गित अहिले चर्चामा रहेको छ । अहिले सार्वजनिक जब पुग्छु ‘रिभरसाइड’ बोलको गितमा सुबानी मोक्तानले स्वर दिएकी छिन् । संगीतकार अर्जुन पोखरेलले आफ्नै शब्दमा संगीत भरेको यस गीतको भिडियोमा रेनेशा राईको कोरियोग्राफी रहेको छ ।

प्रेम जोडि केन्द्रित फिल्म प्रेमगीतले प्रदर्शन मिति भ्यालेन्टाइन डे लाई नै रोज्दा अझ दर्शकको मन जित्न सकिने सम्भावना देखिएको छ । त्यसो त फिल्ममा निकै मनोरम दृश्यहरु पनि राखिएका छन् जुन दृश्यले गर्दा फिल्महलमा बसेका दर्शकको मन निकै आनन्दीत बनाउने छ। फिल्म प्रेम गीत युनिट यतिखेर फिल्मको प्रचार प्रसार तथा प्रेम गीत गाउनुस नगद एक लाख जित्नुस अभियानमा लागेका छ । फिल्मको ट्रेलरलाई पनि यतिखेर दर्शकले राम्रो प्रतिक्रिया दिएको पाइन्छ ।