युट्युव ट्रेन्डिङको तेस्रो स्थानमा ‘प्रेमगीत ३’ को ‘हात्ती ढुङ्गामा’

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र प्रेमगीत ३ मा समावेश ‘हात्ती ढुङ्गामा’ बोलको गीत नेपालको युट्युव ट्रेन्डिङको तेस्रो स्थानमा आएको छ । सार्वजनिक भएको एकदिनमै सकारात्मक प्रतिक्रिया बटुल्दै उक्त गीतले यस समाचार तयार पार्दासम्म युट्युवमा ८ लाख ७४ लाख भ्युज पाइसकेको छ । यस्तै भिडियोमा ५३ हजार लाइक र ६ हजार बढी प्रतिक्रिया प्राप्त भएको छ । भिडियोलाई ४ हजारले मात्र डिसलाइक गरेका छन् ।

सन्तोष सेनको प्रस्तुतीमा निर्माण भएको यस चलचित्रको सार्वजनिक गीत अहिले नेपाली चलचित्रमा चलिरहेका गीत भन्दा फरक छ । भिडियो मेकिंग पनि निकै फरक छ । डेढसय बर्ष अघिको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ । त्यसैअनुरुप गीतमा पनि चलचित्रमा कलाकारहरुको गेटअप फरक देखिन्छ । भिडियोमा नायक प्रदीप खड्का र नवनायिका क्रिष्टिना गुरुङ लगायतका मुख्य कलाकारलाई देख्न सकिन्छ ।

कल्याण सिंहको संगीतमा तयार गीतमा मेलिना राई र सागर आलेले स्वर दिएका छन् । हर्क बहादुर साउदको शब्द रचना रहेको गीतको भिडियो कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गरेको चलचित्रको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । चलचित्रमा प्रदीप र क्रिष्टिनाको अलवा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत,प्रेम पुरी,लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतले अभिनय गरेका छन् । कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिय दिएका छन् ।