पोष्टरमा ‘धुलो’ फिल्म

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

नयाँ चलचित्र ‘धुलो’को पोष्टर सार्वजनिक गरिएको छ । साथै चलचित्र आउँदो फागुन १६ गतेका लागी प्रदर्शन मिति तय गरिएको छ । हुप्रद्युम्न मिश्रको निर्देशनमा बनेको चलचित्र समाजीक बिषयमा निर्माण गरिएको छ ।

रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको ‘धुलो’ मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बालकलाकार सुदीप कार्की मुख्य भूमिकामा छन् । नीर शाह, सुसील पोखरेल र लक्ष्मी बर्देवा बिशेष भूमिकामा रहेको निर्माण पक्षले जनाएको छ ।

सिके वाग्लेको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल तथा सहनिर्मातामा दीपा धरेल छिन् । सुवास सिंह बस्न्यातको लेखन,रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामीछानेले गरेका हुन् ।

निर्देशक मिश्र ‘धुलो’ अत्यन्तै ममस्पर्शी कथामा निर्माण गरिएकाले सबै नेपालीले हेर्नुपर्ने बताउछन् । भन्छन्, ‘मैले कन्टेन्टमा चलचित्र बनाएको छु । त्यसकारण हरेक नेपालीले मन पराउनुहुन्छ भन्ने बिश्वास छ ।’ चलचित्र आरआर फिल्मस्ले बितरण गर्दैछ ।