जेठ २ मा ‘सम्झना बिर्सना’, पोष्टर यस्तो

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नयाँ चलचित्र ‘सम्झना बिर्सना’ आउँदो बर्षको जेठ २ गतेबाट प्रदर्शनमा आउने भएको छ । पर्दामा रुचाइएको जोडी पूजा शर्मा र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको यो चलचित्र प्रेमकथामा आधारीत छ ।

निमेष प्रधानले निर्देशन गरेको यो चलचित्र टिमले सार्वजनिक गरेको पोस्टरमा पूजा र आकाशको जोडीलाई रोमान्टिक मूडमा प्रस्तुत गरिएको छ । चलचित्रमा सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारको पनि अभिनय छ । चलचित्रको कथा र पटकथा निर्देशक प्रधानले नै लेखेका हुन्। चलचित्रमा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, शिशिर राणाको संवाद र कमल राईको कोरियोग्राफी छ ।