हेरिटेज पेजेन्टसमा परिन्दा र परिसा

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘२०२०’मा परिन्दा श्रेष्ठ (परि) र परिसा रानाभाटले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । उक्त प्रतियोगितामा श्रेष्ठले मिसेस र रानाभाटले मिस तर्फ नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् । हेरिटेज पेजेन्टसका लागि आधिकार प्राप्त संस्था ग्रिनआर्ट मिडियाले मंगलबार पुल्चोक स्थित भिभान्त होटलमा कार्यक्रमको आयोजना सहित दुबै प्रतियोगी सार्वजनिक गरेको हो । सो अवसरमा ग्रिन आर्ट मिडियाले दुबै प्रतियोगीलाई ‘हेरिटेज पेजेन्टस नेपाल २०२०’को क्राउन समेत लगाइदिएको थियो ।

इप्लानेट प्रा.लिका अध्यक्ष सन्तोष सापकोटाले पानमा बत्ती बालेर सुरु भएको कार्यक्रममा पुर्व प्रतियोगी मिसेस दुर्गा बिसुराल, मिस अदीति बुढाथोकी, मिसेस मन्जु ढकाल लगायतको उपस्थिती रहेको थियो । केही दिन अगाडि राजधानीमा आयोजित ‘हेरिटेज पेजेन्टस नेपाल’को प्रारम्भिक अडिसनबाट दुबै प्रतियोगी छानिन सफल भएका हुन् । अडिसनमा बिवाहित तथा अबिवाहित गरेर २०० बढी महिलाको सहभागीता रहेको थियो ।

‘हेरिटेज् पेजेन्टस् २०२०’ मलेसियामा आउँदो अप्रिल ११देखि २० अप्रिलसम्म आयोजना हँुदैछ । नेपाल लगायत विश्वका ४० मुलुकका प्रतिस्पर्धीहरुको प्रतियोगितामा सहभागीता रहनेछ ।