सुनिलको ‘बुलेट बाइक’मा सलोन र बिना

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नवगायक सुनिल त्यातले आफ्नो पहिलो गीत ‘बुलेट बाइक’ सार्वजनिक गरेका छन् । गीतमा सुनिलसँगै अस्मिता अधिकारीको स्वर रहेको छ भने शब्द र संगीत पनि सुनिलकै रहेको छ । यस्तै म्युजीक एरेन्ज भने टंक बुढाथोकीले गरेका छन् ।

गीतको भिडियोमा नायक सलोन बस्नेत र मोडल बिना राउतको अभिनय रहेको छ । टंक बुढाथोकीको निर्देशन रहेको भिडियो ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने नबिन निरौलाले सम्पादन गरेका छन् भने कोरियोग्राफि जोसिफ जोएलको छ ।

सानैदेखी गीतसंगीतमा रुचि राख्ने सुनिलले गीत गाउने सपना पुरा भएको बताए । पछिल्लो एकबर्षदेखी संगीत सिकिरहेका सुनिलले गायक तथा संगीतकार टंक बुढाथोकीसँग काम गर्ने इच्छा पुरा भएकोमा टंकलाई धन्यवाद दिए । सुनिल भन्छन् ‘मैले टंक बुढाथोकी दाजुसँग सम्पर्क गर्न धेरै प्रयास गरेँ । दाजुले समय पनि दिनुभयो । खुसी छु ।’

यस गीतमा सुनिल आफैले लगानी गरेकाछन् । करिब चारलाख खर्च भएको उनी बताउँछन् । पछिल्लो समय गीतसंगीतमा लगानी बालुवामा पानी हुने बुझ्दा बुझ्दै पनि आफ्नो रहर र गीतसंगीतको क्षेत्रमा केहि गर्ने उद्देश्यले लगानी गरेर आएको बताउँछन् । ‘लगानी उठाउँछु भन्ने आशा होइन । तर पनि गीत राम्रो बनेको छ खुसी छु ।’ उनी भन्छन् । सुनिलले घरपरिवारको साथले नै आज यो स्थानमा आउन सफल भएको बताउँछन् । श्रीमती रजनी त्यात र भाई सरोज त्यातलाई सम्झिन्छन् ।

Video: