संगीतका मजदुर शिव हमाल

गोपिकृष्ण चापागाईं/ फागुन, काठमाडौं ।

करिब दुईदिनको पोखरा बसाईपछि म काठमाडौं फर्कनका लागी पोखरा बिमानस्थलको चेकिङ रुम अगाडी समय कुरिरहेको थिए । १२ः१५ को बुद्ध एअरको उडान १ घण्टा ढिलो हुने जानकारी दिइएकाले म केहिबेर ‘म्याकबुक’ खोलेर सामाजिक सञ्जालमा भुल्दै थिएँ । करिब २० मिनेटको अन्तरमा एक ब्यक्तिले ‘हेल्लो गोपि सर’ भनेर मेरै अघि आएर बोलाए । निहुरिएर सामाजिक सञ्जालमा एकोहोरिएको म झसंग भए । मेरो अगाडी लोकगीतका सर्जक शिब हमाल उभिएका थिए । हातमा बुद्ध एअरको टिकट, घाँटीमा ‘हेडफोन’ र साधारण भेषमा केहि थकित मुद्रामा देखिन्थे ।

समय बिताउनका लागी ‘म्याकबुक’मा भुलेको म, आफूले चिनेको ब्यक्तिलाई भेटेपछि उहाँसँग गफ गर्न लागेँ ।

‘कहाँबाट फर्किदै हुनुहुन्छ ?’ मेरो पहिलो जिज्ञासा कलाकार मान्छे पक्कै कुनै कार्यक्रमबाट काठमाडौं फर्किनेक्रममै होला भन्ने थियो । ११ दिनको मोफसल साँगितीक यात्रापछि काठमाडौं फर्किने क्रममा रहेका सर्जक शिबसँग गफ गर्दै बिमानस्थलसँग जोडिएको एकतला माथिको क्याफेमा ‘क्यापेचिनो’ अर्डर गरेर थप जिज्ञासा मेट्ने कोसि गरेँ । ‘काठमाडौंबाट निस्किएको ११ दिन भएछ, सिन्धुली, बर्दिबास नवलपुर, चितवन, नुवाकोट र स्यांङ्जा को सांगितीक यात्रा पछि आज काठमाडौं फर्कदै छु ।’ शिबले मेरो जिज्ञासालाई प्रष्ट पारे । ‘काठमाडौं बाहिर अलि लामौ बसाई भयो यो पटक ।’

उनीसँग गफ गर्दै जाँदा उनले शब्द संगीत भरेका पुराना हिट लोक तथा दोहोरी गीत ‘देऊरालीको भट्टी पसल, रक्षा गर हरी, यो गीत मैले, एकतर्फि माया, हाँस्न सिकायौ, पछ्यौरीलेऊ बैना’ लगायतका गीत मेरो दिमाखमा खेलिरहेका थिए । गीत गाउने भन्दा बढि शब्द लेखेर र संगीत भरेर चर्चामा आएका शिबको पछिल्लो गीत ‘लालुमय’का कारणले पनि पछिल्लो समय अझ ब्यस्त बनाएको होला भन्ने भान भइरहेको थियो । ‘तपाई गीत गाउनुभन्दा सिर्जना गर्न बढी रुचाउने मान्छे, तपाईलाई स्टेज कार्यक्रममा किन बोलाउँछन् ?’ शिबले मुस्कुराउँदै भन्छन् ‘बेष्ट पर्फमर, म अरु कलाकारजस्तो धेरै हिट छैन तर पनि स्टेज कार्यक्रममा बोलाइरहनुहुन्छ । धेरैले स्टेजका लागी बेष्ट पर्फमर भन्नुहुन्छ । र म आफूले पनि ढुककका साथ भन्न सक्छु, राम्रो गायक नभएपनि स्टेजमा बेष्ट पर्फम गर्न सक्नु मान्छे हुँ ।’

‘आँफैलाई मुल्यांकन गर्दा शिबले पहिलो नम्बरमा स्टेज पर्फमर, दोस्रोमा गीतकार, तेस्रोमा संगीतकार र चोथौं नम्बरमा गायक भन्न रुचाउँछन् । उनले गाएका भन्दा लेखेका र संगीत भरेका गीत हिट छन् ।’

यति भन्दै गर्दा आँफैलाई मुल्यांकन गर्दा शिबले पहिलो नम्बरमा स्टेज पफर्मर, दोस्रोमा गीतकार, तेस्रोमा संगीतकार र चोथौं नम्बरमा गायक भन्न रुचाउँछन् । शिबले गाएका गीत भन्दा लेखेर र संगीत भरेका गीत हिट छन् । उनले अरुका लागी भनेर लेखेको गीत भोली हिट होला भन्ने लोभले आफूलेनै गाउनुपर्छ भन्ने सोच नआउने बताए । ‘अरुको भावनासँग खेल्नु हुन्न । कोहि आउँछ लौन दाई भन्छ, ठिकैछ भन्या त्यो गीत दियो । कसैले जसरीपनि गरिदिनुपर्यो भन्छन् । यस्तै गर्दागर्दै आफूले गाउने भन्दा पनि जसले गाएपनि आफ्नै गीत हिट हुनेहो भन्ने लाग्छ ।’ शिबले भने । ‘गीत राम्रो बनेपछि समग्र लोकगीतको क्षेत्र चल्नेहो । हाम्रो क्षेत्र राम्रो हुनेहो भन्ने लाग्छ ।’

महिनामा २५ दिनसम्म बाहिर

‘क्यापेचिनो’को अन्तिम स्रुप लिँदै गरेका शिबसँग महिनामा कतिपटक साँगितीक यात्राकै लागी काठमाडौं बाहिर हिड्नुहुन्छ भन्ने प्रश्न गर्दा, सिजनमा २५ दिनसम्म पनि यात्रा गरेको सम्झन्छन् । उनी भन्छन् ‘मेला महोत्सवको सिजनमा २५ दिनसम्म पनि बाहिर बाहिर भइन्छ । साथीभाईले बोलाउनु हुन्छ । फेरी हामी कलाकार कार्यक्रमनै नगरौं भनेर पनि हुँदैन । रिफ्रेसमेन्टका लागी पनि कहिलेकाँही बाहिर निस्किन मन लाग्छ ।’ शिबले नेपाल बाहिर पनि दर्जनौं देशमा आफ्नो प्रस्तुती दिइसकेका छन् । उनका अनुसार भिषाको स्ट्याम्पका लागी पहिलो पासपोर्टको एक पातोमात्र बाँकी रहेको छ ।

अधिकांश जिल्ला घुमिसकेका शिब अहिलेसम्म डोल्पा जानेमौका नमिलेको सुनाए । धेरै ठाउँमा घुम्नेक्रममा जब आफ्नो जन्मजिल्ला स्याङ्जाका लागी अफर आउँछ छुट्नै आनम्द महसुस हुने बताउँछन् । ‘म पोखराबाट जब स्याङ्जा जाँदै गर्दा फेरी खोलामा वेलकम टु स्याङ्जा लेखेको देख्दा आफ्नै घरको ढोकाबाट छिरे जस्तो लाग्छ । वरपरी हरियाली डाँडाकाँडा, पाखा पखेरा, बाटोमा बेच्दा राखेका सुन्तला देख्दा मन निकै आनन्दीत हुन्छ ।’ शिबले खुसीको मुद्रामा सुनाए । ‘आँधिखोला हेर्दै अघि बढ्दै जाँदा जब स्याङ्जा सकिने बेला राम्दीपुल आउँछ, जहिले नारायण रायमाझिको राम्दीपुल तरौंला गीत यादमा आउँछ । भावुक पनि हुन्छ ।’

काठमाडौंमा संगीतको मजदुर

शिबले आफ्नो गीत जब गाउँघरमा बज्छ, जब सार्वजनिक सवारीसाधनमा घन्किन्छ, जब मेला महोत्सवमा माग हुन्छ तब आफूलाई कलाकार भएको महसुस हुने बताउँछन् । उनले काठमाडौंमा बस्दै गर्दा आफूलाई संगीतको मजदुर भन्छन् । ‘हरसमय गीतसंगीतकै लागी समय ब्यतित गर्ने भएकाले मैले आफूलाई संगीतको मजदुर भन्छु ।’ लोकगीतको बजारमा शिबले शब्द र संगीत भरेको मोटो रकम लिन्छन् भन्ने हल्ला चल्छ । कतिले उनलाई गीत सिर्जना गराउन महंगो भएकाले नै नसकिने तर्क पनि दिन्छन् तर शिबले कतिपयका लागी बिना शुल्क काम पनि गरेका छन् । बैदेशीक रोजगारीमा जाने तयारी गरेका बलराम बिकका लागी आफ्नै खर्चमा ‘आज मुटु दुखेनस् किन’ बोलको गीत निर्माण गरिदिए । जुन अहिले लोकप्रिय बन्दैछ । उनले कतिपय अवस्थामा पैसानै सबैथोक होइन भन्ने मान्यता राख्ने गरेको बताए ।

शिबले स्टेजमा गीत गाउँदा फरक तरिकाबाट सुरु गर्छन् । प्राय गायक तथा गायिकाले सबैस्टेजमा एकैप्रकारका गीत गाएको देखिन्छ । गीत गाउनेक्रममा समय र परिस्थितीलाई बुझिएन भने उपस्थित दर्शकले मनोरञ्जन लिन सक्दैनन् । त्यसैले शिब भने दर्शकलाई आफूमा केन्द्रित गर्न बिबिध तरिका अपनाउने गर्छन्  । समय, स्थान र दर्शकलाई हेरेर शिबले आफ्नो गीत गाउँछन् । उनी भन्छन् ‘गण्डकी क्षेत्रमा दिउँसोमा कार्यक्रम छ भने म रोइला गीतबाट सुरु गर्छु, पूर्बतिर जाँदा पूर्बे गीतलाई बढी जोड गर्छु । यस्तै पश्चिममा पछ्यौली लेऊ बैनाबाट सुरु गर्छु । दिउँसोमा सोलो गीत र रातीमा भने हिट गीतबाट सुरु गर्छु । जसरी हुन्छ दर्शकलाई मनोरञ्जन दिनु हाम्रो दायित्व हो ।’

स्टेजबाट सन्तुष्टि

खुल्ला आकाश पर क्षितिजमा हिमश्रृंखला र पृष्ठभूमिका जहाज आवतजावत गरिरहेका छन् । हाम्रो वरिपरी मानिसहरु आआफ्नो गफमा मस्त छन् । यतिकैमा मलाई भने शिबलाई प्रश्न गरिरहन मन लागेको छ । गायन, लेखन, संगीत सबैबिधामा उत्तिकै अब्बल शिब आफूले सन्तुष्टि कुनमा मान्छन् भन्ने बिषय मेरो अर्को जिज्ञासाको पाटो थियो ।

बढी समय सिर्जनालाई दिने उनले सन्तुष्टि स्टेज कार्यक्रमबाट आउने बताए तर भरपर्दौ कमाईको स्रोत भने गीत सिर्जना भएको बताए । ‘मेला महोत्सव त केहि समयका लागी हो तर सिर्जना भनेको जीवनकाल सम्मका लागी हो । ’ उनले भने । ‘खुसी स्टेजबाट यसअर्थमा आउँछ एउटी बुढी हजुरआमाले ५० रुपैंयाको टिकट काटेर हामीलाई हेर्न आउनुहुन्छ । त्यहि पैसा हामीलाई आउने हो त्यसैले खुसीको बिषय स्टेज हो ।’

रोयल्टी संकलन समाजका अध्यक्ष समेत रहेका शिबले सर्जकको हकहितका लागी नेपालमा पनि संगीत रोयल्टीको ब्यवस्था सबैक्षेत्रमा अनिवार्य हुनुपर्ने बताउँछन् । यसैबिषयलाई लिएर केहिदिनमै बिभिन्न निकायका ब्यक्तिहरुलाई भेट्ने तयारी भइरहेको उनले बताए ।

पहिलो उडानको अनुभव

छेऊमै झुण्डिाइएको स्पिकरबाट प्रस्थानका लागी अनाउन्स हुँदै गर्दा पहिलो उडानको अनुभवबारे शिबले सुनाए । शिबले बि.सं २०५९ सालमा स्यांङ्जा सम्मको यात्राका लागी पोखरा जानका लागी पहिलोपटक आकाशमा उड्दाको केहि डर र खुसीको अनुभव साटे ।

‘मामा बिदेशबाट आउँनुभएको थियो । घर जानेक्रममा भान्जालाई म जहाजको टिकट काटिदिन्छु भन्नुभयो । निकै खुसी थिएँ ।’ जहाज ल्याण्डको समयमा सबैभन्दा डर लागेको उनले सम्झिए । ‘गाउँमा चर्खे पिङबाटमा एक्कासी झरे जस्तो सिरिङ्ग हुँदा साँँच्चैनै निकै डराएको थिएँ ।’

बि.स. २०७३ सालको यात्रालाई पनि उनले सम्झिन्छन् । बिहान ८ बजेको उडानका लागी भोकै बिमानस्थलमा आएपछि दिनभरी उडानकै लागी कुरेको र साँझ भएपछि उडान रद्ध भयो भन्ने जानकारी आएपछि फर्किएको शिबले सुनाए । ‘मेरो खैरेनीटार र  आरु महोत्सवमा जानुपर्ने थियो । एकैदिन दुई महोत्सवमा जानुपर्ने भएकाले हतार थियो । तर उडान नभएपछि प्रिय मित्र राजन गुरुङसँग गाडीमै गएको थिएँ तर कार्यक्रम सकिएपछि पुगेछु । अनि फर्कियौं ।’ शिबले बिदेशको सांगितीक यात्राकै लागी पहिलोपटक मलेसिया गएका थिए ।

युट्युवमा करोड भ्युज

शिबले सिर्जना गरेका पछिल्लो समयका गीतहरु युट्युवमा करोड भन्दा बढी पटक पनि हेरिएको छ । लोकप्रियताका हिसाबले पुराना गीत अगाडी भएतापनि पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग निकै हुने भएकाले चर्चा छिटो हुन्छ । त्यसैले पनि गतबर्ष सार्वजनिक भएको ‘लालुमै’बोलको गीतले युट्युवमा २ करोड माथिको भ्युज पाइसकेको छ । यस्तै ‘लाउँछु माया’ले ६९ लाख, ‘साइलो’ले झण्डै ५० लाख, ‘पातली’ले ३१ लाख भ्युज कमाएको छ ।

(आजको हिमालय टाइम्समा प्रकाशित छ)