भक्तपुरमा रसिएन कलाकार

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

रसियाका कलाकारहरुले भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरुको अवलोकन गरेका छन् । रसियाका कलाकार साथै खेलाडीहरुको समूहले भक्तपुर दरबार क्षेत्रबाट भ्रमण सुरु गरेका हुन् । उनीहरुले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदा अवलोकन गरेका थिए । साथै भक्तपुरको मौलिक हस्तकला, जीवनशैली, रहनसहनको स्थलगत अवलोकन पनि गरे ।

रसियन कल्चर सेन्टरकी निर्देशक युलिया एलेक्जान्दरको नेतृत्वमा आएका कलकारहरुको स्वागत नगर प्रमुख सुनिल प्रजापतिले गरेका थिए । भ्रमण सँगै रसिया र नेपालका कलाकारहरुले आआफ्नो संस्कृति तथा परम्परा झल्कने प्रस्तुति समेत दिएका थिए ।