भद्रगोलका ‘बेलासे’को आज जन्मदिन, यस्ता छन् उनका भित्री कुरा

...

पुस ११, काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’मा बेलासे नामले परिचित सुवास कार्की यतिखेर बाहिर हिड्दा मुख छोपेर हिड्नु पर्छ । ‘भद्रगोल’मा तनाबै तनाव छ खल्तीमा दुई रुपिया छैन बोलको थेगोले चर्चामा आएका कार्कीले आफ्नो कलाकार बन्ने सोँच एक प्रतिशत पनि नभएको बताए । काठमाडौंको बिशालनगर चण्डोल घर भएको सुवास आज जन्मदिनको अवसरमा खासै बिशेष कार्यक्रम नगर्ने बताए । बि.सं. २०३४ मा जन्मिएका सुवासले आज (शनिबार) बाट ३८ औं बसन्तपार गरेका छन् । आर्टिस्ट खबर सँग कुरा गर्दै कलाकार तथा निर्माता सुवासले पहिला कलाकार बन्ने सोच नभएको र एक्कासी यसरी कलाकार भएर चर्चा कमाउँदा निकै खुसी लागेको र आफुलाई लक्की भन्न मन पराउने पनी बताए । जन्मदिनको अवसरमा सुवासले आर्टिस्ट खबर सँग आफ्नो भित्री कुरा खोलेका छन् । उनका भित्री कुराका केहि सम्पादीत अंश पढ्नुस ।
subhas karki  - belase

एक प्रतिशत पनि सोंच थिएन कलाकार बन्ने
भद्रगोलमा बेलासे हुनु भन्दा अगाडि नै सहकारी तथा कन्सल्टेन्सी बिजनेश गरेर बसेका सुवासमा कलाकारीता गर्ने एक प्रतिशत पनि सोंच थिएन । भद्रगोलको निर्माण गर्ने क्रममा भद्रगोलका कलाकार अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) सँग भेट भएपछि उनी भद्रगोलको निर्माताको रपमा आएका थिए । जब भद्रगोल अगाडि बढ्न थाल्यो र दर्शकले मन पराउन थाले तब उनी पनि बेलासेको भुमिकामा देखिन थालेको उनले बताए ।

आफ्नो थेगो आफैलाई मन परेन
भद्रगोलमा रहेका सबै कलाकारहरुको एक/एक वटा थेगो राख्ने क्रममा बेलासेको कुन थेगो राख्ने भन्न कुरा युनिटमा चल्दा कुमार कट्टेल र अर्जुन घिमिरेले तनावै तनाव छ गोजीमा दुई रुपियाँ छैन भन्ने थेगो ल्याएको उनी बताउँछन् । सुरुमा आफुलाई यस्तो थेगो मन नपरेको र यस्तो त बोल्दिन भन्ने लागेको पनि उनले भने । पछि बोल्दै जाँदा दर्शकले मन पराएएपछि यसैलाई निरन्तरता दिएको उनको भनाई छ । अहिले उनी बाहिर कतै जाँदा समेत सर्वसाधारणले तनावै तनाव छ भनेर जिस्काउने गरेको बताए ।

bhadragol's producer and artist subhas karki belaseबर्षमा ६ महिना लण्डनमै
भद्रगोलमा बेलासेको भुमिकामा एक्लो जीवन बिताइरहेका सुवास काठमाडौंमा पनि एक्लै बस्छन् । बिगत लामो समय देखि उनका परिवार लण्डनमा बस्दै आएको उनले बताए । श्रीमती र छोरा लण्डनमै भएकाले पनि उनी बर्षमा ६ महिना लण्डन र ६ महिना नेपाल हुने गर्छन् ।

आफु धेरै लक्की मान्छे
उनले आफुलाई लक्की मान्छे भन्ने रुचाउँछन् । कलाकारीता क्षेत्रमा निकै लामो संघर्ष गरेका आफुभन्दा अग्रहहरु सँग यसरी सहकार्य गरेर अगाडि बढ्न पाउँदा निकै खुसी लागेको उनको भनाई छ । बिगत चार दशक देखी कलाकारीतामै लाग्नु भएको शंकर आचार्यलाई सम्झदै उनले शंकर दाजुसँग सहकार्य गरेर अगाडि बढ्न पाउँदा आफु लक्की भएको बताए ।

‘भद्रगोल’ भद्रगोल भएको छैन
पछिल्लो समय भद्रगोलको प्रसारण रोकिएकाले बिभिन्न ठाउँमा भद्रगोलका आन्तिरिक कारणले रोकिएको  कुरा आउँदा उनले भद्रगोल कुनै पनि आन्तिरिक कारणले नरोकिएको प्रष्ट पारे । नेपाल टेलिभिजन र मिडियो हवको कारणले गर्दा भद्रगोल रोकिएको र अबको केहि हप्तामै भद्रगोल पुनः प्रसारणमा आउने उनले बताए । नेपालमा यो भन्दा पहिला भुकम्पको असरले केहि समय भद्रगोल रोकिएको र अहिले टेलिभिजनको कारणले प्रसारण रोकिँदा दर्शकमा नराम्रो असर पर्ने भएकोले अब छिट्टै नै भद्रगोल प्रसारणमा आउने बताए ।
आर्टिस्ट खबर डटकमको तर्फबाट सुवास कार्की (बेलासे)लाई जन्मदिनको शुभकामना ।

प्रस्तुतीः गोपिकृष्ण्ण चापागाई ।