कोरोना प्रभावः रोकियो ‘नीरफूल’को प्रर्दशन

आर्टिष्ट खबर/ फागुन,काठमाडौं।

आउँदो चैत ७ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘नीरफूल’को प्रदर्शन स्थगित भएको छ । बिश्वका बिभिन्न मुलुकमा कोरोना भाइरसका संक्रमण देखिएसँगै चलचित्रका छायांकन र प्रर्दशनमा एकपछि अर्को गर्दे रोक लगाउदै आएको पाइएको छ । कोरोना भाइरसका कारण सरकारले भीडभाडमा नजान, धेरै मानिसको भेला हुने कार्यक्रम नगर्न आग्रह गरिरहेको अवस्थामा यसअघि फागुन ३० गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पनि प्रदर्शन स्थगित गरिएको थियो ।

‘नीरफूल’का निर्देशक फूलमान बलले विश्वव्यापी रुपमा संक्रमण बढ्दै गइरहेको कोरोना भाइरसको त्रास र सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गरि सरकारले समेत सार्वजनिक भेला, सभा, समारोह तथा कार्यक्रम नगर्न आव्हान गरिरहेको बेला सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगन गरिएको जानकारी दिए ।

‘यसबाट दर्शक महानुभावको निरन्तर पर्खाइ र अपेक्षामा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । विश्वव्यापी महामारीको यस्तो प्रतिकुल अवस्थामा मनोरञ्जन भन्दा नागरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ निर्देशक वलले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।  यो चलचित्र फागुन ३० मा प्रदर्शन गर्ने भनिएको थियो त्यसपछि चैत ७ मा पुगेको थियो भने अहिलेको अवस्था स्थिर नभएसम्म अर्को प्रदर्शन मिति नतोकिने बताइएको छ ।