अभिनेता टम दम्पतिमा कोरोना संक्रमण

हलिउड,एजेन्सी

हलिउडका चर्चित अभिनेता टम ह्यांक्स र रीटा विल्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ । अस्ट्रेलियामा रहेका उनीहरूमा कोरोना भाइरसको परीक्षण ‘पोजेटिभ’ पाइएको हो । इन्स्टाग्रामबाट अभिनेता ह्यांक्सले यसको जानकारी दिएका हुन् ।ह्याक्सले आफू र आफ्नी पत्नीलाई चिसो लाग्दा हुने थकान र शारिरिक पीडा भएपछि संसारमा देखिएको कोरोना भाइरसलाई ध्यानमा राख्दै परीक्षण गर्दा कोरोना भाइरस परीक्षण ‘पोजेटिभ’ भेटिएको उनले आफ्नो इन्स्टाग्राममा लेखेका छन्।आफू र पत्नीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएका अभिनेता ह्यांक्सले चिकित्सकहरूले निर्धारण गरेको नियममा बस्ने बताएका छन्।

ह्यांक्स र उनकी पत्नी दुबैको उमेर ६३ वर्षका हुन् ।दुई पटक ओस्कार अवार्ड हात पारेका ह्यांक्स पत्नीसँग गत जनवरी २६ मा अस्ट्रेलियाको गोल्ड क्वेस्ट गएका थिए । अस्ट्रेलियाबाट प्रकाशित हुने डेली टेलिग्राफले ह्यांक्स दम्पती अस्ट्रेलियामा पहिलो पटक कोरोना भाइरस भएको पुष्टि भएका एक चिनियाँ बसेको पेपर्स ब्रोडविचमा नै बसेको आशंका गरिएको जनाएको छ ।