बैशाख, काठमाडौं । बलिउडमा प्रेम सम्बन्धलाई लिएर निकै चर्चामा रहेका अभिनेता रणबिर कपुर र कट्रिना कैफले विवाह गर्ने घोषणा गरेका छन् । एक अन्र्तवार्तामा रणविरले आफुहरुले अब २०१६ मा विवाह गर्ने बताएका छन् । यो सालमा दुबै जना व्निकै व्यस्त भएको कारण पनि २०१६ मा विवाह गर्ने घोषणा समेत गरेका हुन् ।
३३ बर्षिय रणबिरले भने, यो समय भनेकै परिवार बनाउनका लागी हो बिवाह गर्नको लागी हो । कट्रिना पनि यहि चाहान्छिन् । म यस्तो परिवारमा हुर्किएको हुँ जहाँ फिल्म नै सबै कुरा हो । त्यहि भएर गसिपको महत्व मलाई राम्ररी थाहा छ । र मेरो फंडा सिम्पल छ । जहाँ गसिप हुन्छ त्यहाँ कुनै पनि प्रतिक्रिया दिनु हुदैन ।
यतिखेर रणबिर आफ्नो फिल्म बॉम्बे वेलवेट मा व्यस्त छन् भने कट्रिना भने फितूर, जग्गा जासूस र फैंटमको छायांकनमा व्यस्त छिन् ।