शाहरुखलाई फिल्म बाहेक अर्को करियर रोज्न गौरीको सुझाव

मुम्बई/(एजेन्सी)

पछिल्लो समयमा बलिउड अभिनेता शाहरुख खान एक पछि अर्को फिल्म फ्लप हुदैँ गएपछि हाल विश्राममा छन् । लगातार असफलता भोगेपछि अब भने शाहरुख आफ्ना आगामी फिल्महरुमा कुनै पनि किसिमको सम्झौता गर्न चाहदैनन् । तसर्थ उनी यतिबेला ब्रेक लिएर उत्कृष्ट स्क्रिप्टको खोजीमा छन् । लामो समयदेखि फिल्ममा नदेखिएका शाहरुखलाई दर्शकहरु पर्दामा हेर्न आतुर छन्। तर शाहरुख खान भने नयाँ फिल्मको घोषणा गर्न समय लगाइरहेका छन् । यसैबीच शाहरुख खानकी श्रीमती गौरी खानले भने शाहरुख खानलाई फिल्म बाहेक अर्को करियर रोज्न सुझाव दिएकी छिन् । गौरी खानले मुम्बईमा आफ्नो डिजाइनर स्टोरमा बलिउड कलाकार तथा नजिकका साथीहरुको लागि पार्टीको आयोजना गरेकी थिइन् । सोही पार्टीमा मिडियासँगको कुराकानीमा गौरीले श्रीमान शाहरुखको डिजाइनिङ सेन्स धेरै राम्रो रहेको बताइन् ।

शाहरुखले घरको इन्टेरियरमा कैयौँ परिवर्तन गरेको, जुन निकै उत्कृष्ट रहेको बताइन् । गौरीले रमाइलो गदै भनिन्, ‘शाहरुख यतिबेला कुनै पनि फिल्ममा काम गरिरहेका छैनन्, तसर्थ म उनलाई दोस्रो विकल्पमा डिजाइनिङलाई राख्न सल्लाह दिन्छु । किनकि उनी एक उत्कृष्ट डिजाइनर बन्न सक्छन् । उनीभित्र त्यो कला पनि छ ।’ गौरी खानले यसरी आफ्नो हाँसो उडाउँदा शाहरुख पनि चुप लागेर बस्न सकेनन् । उनले हाँसेरै गौरीलाई जवाफ दिँदै भने, ‘मलाई यस्तो यसकारण भनिएको हो, किनकि मेरा पछिल्ला केही फिल्महरु चल्न सकेनन् । ’