संगीतकर्मि संघको आगनमा सर्मिला र दिनेशको जन्मदिन सेलिब्रेशन

गोपिकृष्ण चापागाईं/ चैत, काठमाडौं ।

गायिका तथा कार्यक्रम उद्घोषिका सर्मिला श्रेष्ठ र गायक तथा एरेन्जर दिनेश लामाको जन्मदिन सेलिब्रेशन राष्ट्रिय संगीतकर्मि संघको आगनमा गरिएको छ । काठमाडौंको कोटेश्वरस्थित संघको कार्यालयमा मंगलबार (चैत ४) गते परेको जन्मदिनको उपलब्यमा सामुहिक केक काट्दै संघका पदाधिकारीहरुले शुभकामना दिए ।

संघकी केन्द्रिय सचिव समेत रहेकी गायिका सर्मिला र काभ्रे जिल्ला शाखाका सचिव दिनेशलाई संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले अझ धेरै दर्शक तथा स्रोताको मनमा बस्न सफल हुनु् भन्दै शुभकामना दिए । जन्मदिन सेलिब्रेशन कार्यक्रममा गायिका सर्मिला र गायक दिनेशले संघका पदाधिकारी सँगै आफूलाई सामाजिक सञ्जाल तथा बिभिन्न माध्यमबाट शुभकामना दिने सबैलाई धन्यवाद दिए । यस्तै सोहि कार्यक्रममा सोमबार सम्पन्न चलचित्र पत्रकार संघका ८ औं महाधिवेशनबाट नवनिर्वाधित खुल्ला तर्फका केन्द्रिय सदस्य तथा आर्टिष्ट खबर डटकमका रंगपत्रकार गोपिकृष्ण चापागाईंलाई बधाई दिइयो ।

कार्यक्रममा गायक तथा संस्थाका पूर्व अध्यक्ष रेशम थापा, अमृत खाती, नवराज ढुंगाना, उमा श्रैष्ठ, श्याम धिताल, बिक्रम जंग शाह, सिर्जु अधिकारी, गोबिन्द दुला, होम सुवेदी, मिलन श्रेष्ठ, नारायण सापकोटा, चन्द्र खड्का, राज कुमार हुमागाई लगायतका कलाकारको उपस्थिती रहेको थियो ।

यस्तै केन्द्रिय समितिको बैठकले आगामी बैशाख ११ १२ र १३ गते काठमाडौको टुडिखेलमा गरिने भनिएको राष्ट्रिय लोक दोहोरी तारा २०७६  कोरोना भाइरसको त्रासका कारण अहिलेका लागी स्थगित गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । जिल्ला प्रसासन कार्यालयले ठुला कार्यक्रम नगर्नु भनी सूचना प्रकासित गरेको कारण हाललाई स्थगन गर्दै अनुकुल बाताबरण हुने साथै गर्ने गरि मिति आगामी बैठकमा तय गर्ने निर्णय गरिएको उनले बताए ।