नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

माथि उल्लेखित मुल मन्त्रलाई चरितार्थ गर्दै विगतका वर्षदेखि नेपाली गीतसंगीत अनि कलाकारिताको जगेर्नागर्ने हिसाबले नाट्यश्वर म्यूजिक अवार्ड गरिदै आएको छ । नेपालमानै समावेसि अवार्डको रुपमा नेपाली गीत संगीतको म्हेन्दोमाया, तामाङसेलो, मौलिक गीत, लोकदोहोरी, आधुनिक, पप तथा राष्ट्रिय भाव विधालाई समेट्दै दोस्रो नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक गरिएको छ । मोफसलका जिल्लाहरुमा संचालन हुँदै आएको यस अवार्डको दोस्रो संस्करण ऐतिहाँसिक जिल्ला नुवाकोटमा संचालन हुने आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रमको दिन नेपाली गीतसंगीत क्षेत्रका हस्ती, रंगपत्रकारिताको क्षेत्रमा कलम चलाउने दुइजना संचारकर्मीलाई पुरस्कृत गरिने नाट्यश्वर म्यूजिक अवार्डका अध्यक्ष प्रल्हाद केसीले जानकारी दिएका छन् । ४८ बिधामा मनोनयन सार्बजनिक गर्दै उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदानको कार्यक्रममा अवार्डको मिति घोषणा गरिने कार्यक्रमका निर्देशक किरण अधिकारीले जानकारी दिए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण अवार्डको मिति हाल तोक्न नसकिएको कार्यक्रमका सदस्य सचिव दिनेश शिवाकोटीले जानकारी दिएका छन् । मनोनयमा पर्नेमा उत्कृष्ट राष्ट्रिय भाव बिधा तर्फ कालापानी गीतबाट चन्द्रलाल तामाङ, शुवा शक्ति गीतबाट सुमन भुजेल यो देश हाम्रो हो गीतबाट चन्द्र बिक, नेपाल आमा गीतबाट उमेश प्याकुरेल र मेरो देशको माटो गीतबाट सुन्दर पन्त पर्न सफल भएका थिए ।