लिनाले हात पारिन् ‘ब्युटिसियन ट्यालेन्ट’को उपाधी

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

ललितपुरकी ब्युटिसियन लिना डँगोलले ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० सिजन ३ को उपाधि हात पारेकी छिन् । प्रतियोगितामा २६ प्रतियोगीलाई पछि पार्दै लिनाले उपाधि, २५ हजार रुपैयाँ र विभिन्न उपहार सहित बेस्ट पर्सनालिटी उपाधि पनि हाँसिल गरिन् । रोज सिप विकाश तालिम केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र बिलक्षण क्रियसनद्धारा मंगलबार बेलुका काठमाडौंमा आयोजित प्रतियोगितामा बन्दना मग्रातीले फस्ट रनर अपसँगै बेस्ट नेलआर्ट,  मिना लामाले सेकेन्ड रनर अप र कन्फिेन्डस, मिसन श्रेष्ठले पब्लिक च्वाईस अवार्डसँगै बेस्ट फिगर अवार्ड जिते । उनीहरुले अवार्डसँगै ५० हजार रुपैयाँ बराबरको स्पेशल नेल आर्ट कोर्ष पनि जितेका छन् ।

अन्य उपाधि तर्फ लक्ष्मी महर्जनले सिभिलिटी, सविना श्रेष्ठले स्मार्ट र अर्गनाईजर च्वाईस, आराध्य गुप्ताले बेस्ट आईज, दुर्गा श्रेष्ठ खड्गीले बेस्ट हेयर स्टाईलिस्ट, ब्युटी स्माईलसँगै अर्गनाईजर च्वाईस, मेनुका बलामीले बेस्ट फिट्नेससँगै सोसियल मिडिया अवार्ड, समिता गुरुङले इन्नोसेन्ट, बिमला राईले मोस्ट बब्ली, मन्जला डँगोलले रेस्पोन्सिबल, निलिमा महर्जनले डिसिप्लेन, मन्दिरा शाहीले पँचुअल, शर्मिला मोक्तानले फ्रेन्डली र रञ्जना सिंहले एक्ट्रा अर्डिनरी अवार्ड जिते ।

यस्तै सरस्वती रोकायाले मल्टिमिडिया र इन्टेलिजेन्ट अवार्ड, अस्मिता जिम्बाले बेस्ट स्टाईलिस्ट, शान्ति डँगोलले अर्गनाईजर च्वाईससँगै बेस्ट मेकअप, प्रमिसा श्रेष्ठले फोटोजेनिक, शर्मिला राईले लोयल, ट्रिना तुलाधरले बेस्ट क्वाटवाक र बेस्ट ड्रेस, निलम तामाङले मोस्ट ब्युटिफुल, दिब्य सैजुले बेस्ट हेयरसँगै ट्यालेन्ट, सिमा घलेले बेस्ट स्किन, सविना भुजेलले चर्मिङ अवार्ड जिते । आयोजक अग्रज ब्युटिसियन तथा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सुन्दरी कारंजितले ब्युटिसियनहरुको ब्यक्तित्वसँगै पेशगत विकाश र प्रतिभा प्रस्तुतिकालागि तीन वर्षदेखि ब्युटिसियन ट्यालेन्ट नेपाल आयोजना गर्दै आएको बताईन् । जमलको नाचघरमा सम्पन्न सो कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय सभा सांसद एवम् गायिका कोमल ओलीले मुलुकमा हजारौं ब्युटिसियनहरु यो पेशाले अत्मनिर्भर रहेको बेला यस्तो कार्यक्रमले उनीहरुलाई अझ प्रोत्साहन मिल्ने बताईन् ।

आफ्नो क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको लायन्स क्लब अफ काठमाडौं आधारकी अध्यक्ष रेश्मा श्रेष्ठ, उपाध्यक्ष ग्याल्मु शेर्पा,  मेकअप आर्टिस्ट तथा ब्युटिसियनहरु पूजा श्रेष्ठ, रिना अवाले, ऋतु राना (रिता) र जिना बैद्य, कस्मेटिक ब्यबसायी रमेश मुनाकर्मी, गीतकार एवम् कलाकार सावित्री चिलुवाललाई विशेष योगदान सम्मानबाट सो कार्यक्रममा सम्मानित गरियो । कार्यक्रमको निर्णयकमा अभिनेता सरोज खनाल, अभिनेत्री पल्पसा डँगोल, मिसेस नेपाल युनिभर्स एवम लन्डन फेसन हाउसकी अध्यक्ष मनिषा डँगोल श्रेष्ठ, सञ्चारकर्मी सूर्य चन्द, ब्युटिसियनहरु मिना केसी, शान्ता थापा र लक्ष्मी श्रेष्ठ थिए ।गायकहरु ध्रुब बिस्को, भरत सामरी, रमेश श्रेष्ठ मेलोडीको गायनसँगै उषा लामा, अनिषा लामा र अरु नृत्य कलाकारको डान्सले कार्यक्रमको रौनकता बढेको थियो । कार्यक्रमको कोरियोग्राफी जयन सुब्बा मानन्धरले र कोअर्डिनेशन व्युटिसियन ट्यालेन्ट नेपाल २०१९ सरु जोशी थिए ।