‘चपली हाइट ३’को प्रदर्शन अनिश्चितकालका लागि स्थगित

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ चैत, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">सरकारले बुधवारदेखि सम्पूर्ण मनोरञ्जन स्थलहरु लगायत चलचित्र हलहरु बन्द गरेपछि यही चैत २८ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र&nbsp; ‘चपली हाइट ३’ को प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएको छ। निर्माण कम्पनी अर्जुन कुमार फिल्मस्ले चलचित्र तोकिएको मितिमा नआउँने एक विज्ञप्तीमार्फत् जानकारी दिएको छ । नेपालमा कोरोना भाइरस फैलिन नदिन सरकारले बैशाख १८ सम्मलाई सम्पूर्ण मनोरञ्जन स्थलहरु बन्द गरेको हो । </p><p style="text-align: justify; ">कोरोनाको जोखिम न्यूनिकरणका लागि सरकारले बैशाख १८ सम्म हल बन्द गर्ने निर्णय गरेपछि मानव स्वास्थ्यलाई ध्यानमा राखी चलचित्र&nbsp; स्थगित गरिएको विज्ञप्तीमा उल्लेख छ। अर्को सूचना जारी नहुन्जेलसम्मको लागि चलचित्र प्रदर्शन स्थगित गरिएको विज्ञप्तीमा उल्लेख छ। यसरी चलचित्र पछि सरीरहँदा सम्पूर्ण चलचित्र क्षेत्रले ठूलो क्षती बोहेर्न परेको छ । सस्पेन्स थ्रीलर कथामा&nbsp; ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारले अभिनय रहेको छ । केही दिन अघि टिजर सार्वजनिक गरेको यस चलचित्रको पर्खाईमा रहेका दर्शकलाई चलचित्र स्थगित भएकोमा र थप चलचित्रकालगि पर्खिन परेकोमा&nbsp; निर्माण कम्पनीले दर्शकसँग माफी मागेको छ ।<br></p>