राष्ट्रिय दोहोरी गीत प्रतिष्ठानको भवन क्वारेन्टाइनकोलागि दिने (बिज्ञप्ति)

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ चैत, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">विश्वमै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसलाई सरकारले नेपालमा संक्रमण हुन नदिन अगाडी चालेका कदमहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। कोरोनाविरुद्ध सतर्कता अपनाउन सरकारले गरेको निर्णयको समर्थन गर्दै प्रतिष्ठानले सहयोग गर्न तयार रहेको जनाएको हो। प्रतिष्ठानका अध्यक्ष रमेश बि.जी र महासचिव सुवास केसीद्धारा संयुक्त रुपमा जारी विज्ञाप्तिमा आवश्यक परेका खण्डमा प्रतिष्ठानको भवन समेत क्वारेन्टाइनको लागि प्रयोग गर्न दिइने जनाएको छ। सम्पूर्ण कलाकारहरुलाई कोरोनाको संभावित जोखिमबाट आ.फू बच्न र गीतसँगीतमार्फत जनचेतना फैलाउन विज्ञाप्तिमा आग्रह गरिएको छ।</p><p style="text-align: justify; ">त्यसैगरी उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले बुधबार बैशाख १८ सम्मलाई सम्पूर्ण मनोरञ्जन स्थलहरु जस्तै चलचित्र हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, जिम, हेल्थ क्लब, म्युजियम लगायतका मनोरञ्जन स्थल बन्द गरिसकेको छ। यसैबीच नियन्त्रण तथा रोकथामका निम्ति नेपालका सम्पूर्ण चलचित्र हलहरु बन्द भएपछि चलचित्रसँगै संगीत क्षेत्रको आर्थिक पक्षमा निकै बाधा आइलागेको छ भने केही दिनमै यस क्षेत्रलाई अझै संकट पर्ने निश्चित छ । यही कुराहरुलाई ध्यानमा राख्दै केही दिनअघि नेपाल चलचित्र निर्माता संघले सरकारलाई तीन बुँदे राहत माग गर्दै एक विज्ञप्ती सार्वजनिक गरेको&nbsp;थियो।&nbsp;<br></p>