नाटकघरहरु पनि बन्द !

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/चैत,काठमाडौं।</span></pre><p style="text-align: justify; ">नोवेल कोरोना भाइरस कोभिड-१९का कारण काठमाडौंका सबै नाटकघरहरु पनि बन्द भएका छन्।आइतबारदेखि शैली, सर्वनाम, शिल्पी, मण्डलालगायत आधा दर्जन थिएटर बन्द भएका हुन्। शिल्पी थिएटरका मोहन प्रकाश गौतमका अनुसार कोरोनाको संक्रमणबाट बच्न सुरक्षित हुनुपर्ने बेला आएकोले स्थिति सामान्य नभएसम्म थिएटरहरु बन्द गरिएको हो ।</p><p style="text-align: justify; "> ‘नाटक घरहरुमा नाटक मञ्चन, तालिम दिने काम रोकिएकोे छ,’ उनले भने, ‘यो समयमा सचेत रही स्वस्थ्य रहनु आवश्यक भएकाले नियमित कामहरु स्थिति सामान्य नभएसम्मको लागि बन्द गरिएको हो ।’ उनका अनुसार तत्कालका लागि नाटकको तयारी पनि स्थगित गरिएको छ । यस्तै मण्डला थिएटरले कोरोना भाइरसविरुद्ध लडन् सरकारको निर्देशनलाई सहयोग गर्दै बन्द गरिएको जानकारी गरएको छ । थिएटरले चैत ३० गतेसम्मको लागि कार्यशाला, तालिमहरु बन्द गरेको जनाएको छ । साथै कोभिड-१९ लाई जित्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएको छ ।</p>