माग्ने बुढालाई पनि चाहियो एउटा मन्त्रालय, सार्वजनिक गरे नयाँं मन्त्रालयको यस्तो सुचि

...
kalakar vs net football 7

Artist Kedar Ghimire/ File photo

पुस १२, काठमाडौं । नेपालमा संबिधान आएपछि मन्त्रीहरु भटाभट फेरीएका छन् । कुन नेतालाई कुन मन्त्रालय दिने भन्नेबारे दिनहुँ बहस चलिरहेका बेला हाँस्य कलाकार केदार घिमिरे (माग्नेबुढा) लाई पनि एक मन्त्रालय चाहिएको बताएका छन् । नेपालमा मन्त्रालय धेरै भएको भन्दै उनले आफुलाई पनि एउटा मन्त्रालय सम्झाल्ने जिम्मेवारी दिन आग्रह गरे । साथै उनले आर्टिस्ट खबरसँग कुरा गर्दै आफु माग्ने बुढा भएकोले पनि माग्नेहरुको प्रतिनिधित्व गर्दै माग्ने, थाग्ने, झुत्रे मध्ये कुनैपनि एउटा मन्त्रालय दिए पुग्ने उनको भनाई छ ।

कलाकार केदार घिमिरेले नेपालमा हुन सक्ने नयाँ मन्त्रालय भन्दै आफ्नो फेसबुकबाट बिभिन्न मन्त्रालयको सुचि सार्वजनिक गरेका छन् ।

नेपालमा बन्न सक्ने नयाँं मन्त्रालय
१, गृह मन्त्रालय – (क) लाठी चार्ज मन्त्रालय (ख) कारागार मन्त्रालय (ग) अनुसन्धान मन्त्रयलाय (घ) सलामी मन्त्रालय (ङ ) अश्रु ग्याँस मन्त्रालय

२, बन मन्त्रालय – (क) दाउरा मन्त्रालय (ख) पत्कर मन्त्रालय (ग) हाँगा मन्त्रालय (घ) ब्रिक्ष्य रोपन मन्त्रालय

३, शिक्षा मन्त्रालय – (क ) चक डस्टर मन्त्रालय (ख) हाजिर गयल मन्त्रालय (ग) जनक शिक्षा सामाग्री केन्द्र मन्त्रालय

४, स्वास्थ्य मन्त्रालय – (क) झाडा पखाला मन्त्रालय (ख) सुई मन्त्रालय (ग) ट्यब्लेट मन्त्रालय (घ) खाने मन्त्रालय (ङ) पानी मन्त्रालय (च) ढल मन्त्रालय (छ) निकास मन्त्रालय

५, बातावरण मन्त्रालय – (क) हावा मन्त्रालय (ख) चट्याङ मन्त्रालय (ग) असिना मन्त्रालय (घ) हुरी मन्त्रालय

६,बिज्ञान प्रबिधी – (क) वाइ फाइ पासवर्ड मन्त्रालय (ख) ल्यापटप मन्त्रालय (ग)

७,सन्चार मन्त्रालय – (क) नेपाल टेलिभिजन मन्त्रालय (ख) प्रेस काउन्सिल मन्त्रालय (ग) ॠषि धमला मन्त्रालय (घ)मनलाग्दी अन्लाइन मन्त्रालय

८, कृषि मन्त्रालय – (क) गोरु मन्त्रालय (ख) मकै मन्त्रालय (ग) रोपाइँ मनत्रालय (घ) तोरी मन्त्रालय

९, आपुर्ती मन्त्रालय – (क) ग्याँस सिलिन्डर मन्त्रालय (ख) मड्तेलको जर्किन मन्त्रालय (ग) पेट्रोल पम्प मन्त्रालय ।