<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ चैत, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">कवि तथा लेखक ज्ञानबहादुर थापा बगालेको सातौं साहित्यिक कृति ‘भ्रम र यथार्थ’ सार्वजनिक गरिएको छ। बर्मामा रहेर नेपाली साहित्यमा क्रियाशील थापाको उक्त कृति काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा लेखक ज्ञानु अधिकारीले समीक्षात्मक टिप्पणी गरिन्। उनले थापाका कथा पढ्दा चलचित्र हेरेको अनुभूति हुने बताइन्। बर्मेली साहित्यकार ज्ञानबहादुर थापा बगालेले आफ्नो एउटा किताब नेपालबाट पनि प्रकाशितहोस् भन्ने सपना ‘भ्रम र यथार्थ’को प्रकाशनसँगै पूरा भएको उल्लेख गरे।</p><p style="text-align: justify; ">नेपाल म्यान्मा फ्रेण्डसिप काउन्सिलको आयोजना तथा रामप्रसा दपन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्राडा लक्ष्मण गौतम, साहित्यकार श्रीओम श्रेष्ठ रोदन, कवि कृसु क्षेत्री,डा.चिन्तामणि योगी, राधेश्याम लेकाली, देवेन्द्रनाथ अधिकारी, यादव भट्टराईले बोलेका थिए। </p>