युटुबमा हेर्नुभयो ‘पोई पर्‍यो काले’? (पूरा फिल्म)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

बिश्वभरी महामारीको रुप लिदै आएको कोरोना भाइरसबाट बच्न नेपाल विगत ४ दिनदेखि लकडाउनमा छ। मानिसहरुले यो नियमलाई पुर्णरुपमा स्विकार गरेका छन् । कतिपय कलाकारहरुले त आफू जुन ठाउँमा बसेर लकडाउनलाई फलो गरिरहेका छन् त्यही ठाउँबाट दर्शकहरुलाई लाइभ गीत गाएर अथवा बिभिन्न तरिकाबाट मनोरन्जन दिइरहेका छन् ।

यो अवस्थामा दिनहु काममा ब्यस्त रहने सबैकालागि इन्टरनेट सबैभन्दा ठूलो साहारा बनेको छ। अहिले सबैजसो मानिसहरु युट्युब तथा अन्य माध्यमबाट चलचित्र तथा विभिन्न सिरियल हेरेर दिन बिताउने गरेका छन्। यसैबीच, चलचित्र ‘पोई पर्‍यो काले’ युट्युबमा रिलिज गरिएको छ।  युटुबमै चलचित्र हेर्न पाएकोमा दर्शकले खुशी व्यक्त गरेका छन्। शिशिर राणाको निर्देशनमा तयार भएको यो चलचित्र कात्तिक ८ गतेबाट हलमा रिलिज भएको थियो । चलचित्रले बक्सअपिसमा पनि सुखद् व्यापार गरेको थियो।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रमा नायक सौगात मल्ल, आकाश श्रेष्ठ, शोहित मानन्धरको साथमा नायिका पूजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायतको मुख्य भूमिका छ। यो समाचार तयार पार्दे गर्दा चलचित्र युटुबमा रिलिज गरिएको १७ घण्टा भएको छ । अहिलेसम्म झण्डै ९ लाख दर्शकले चलचित्र हेरिसकेका छन्। चलचित्रले दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

Movie: