छरिदै कलाकार, मेरीबास्सैका कलाकारले ल्याए ‘कमेडी गाइज’

...

suresh thapa, begam nepal bhatbhate, meri bassaiपुस १३, काठमाडौं । पछिल्लो समय नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएका हाँस्य टेलिश्रृंखला हरु केहि समयका लागि बन्द छन् । हाँस्य प्रस्तुतीका साथमा टेलिभिजनबाट हाँस्दै आएका आम दर्शक यतिखेर युट्युवमुखी भएका छन् ।

केहि महिना यता युट्युवमा छोटो फिल्म, हाँस्य श्रृंखला तथा प्रदर्शनहरु अपलोड हुने क्रम अत्यधिक बढेको गएको छ । इन्टरनेटको माध्यमबाट युट्युवमा राख्दा देश देखि बिदेश सम्मका दर्शकले हेर्न पाउने हुनाले पनि युट्युवका लागि कलाकारहरु लागिपरेका छन् ।

कुनै एक टेलिश्रृंखलामा एक भुमिकामा आउने कलाकारहरु अर्को टेलिश्रृंखलामा त्यहि भुमिकामा देखिदैनन् । कतिपय यस्ता कलाकार छन् एउटै टेलिश्रृंखलामा देखा पर्दछन् । तर पछिल्लो सयम नेपाल टेलिभिजन र मिडिया हवमा कुरा नमिल्दा टेलिश्रृंखलाहरु बन्द छन् । यस्तो कारणले टेलिश्रृंखलामा देखा पर्ने कलाकारहरु बेकाम भएका छन् । यसैकारणले पनि कलाकारहरु छरिएका छन् अर्थात आ–आफ्नै सुर गर्न थालेका छन् ।

केहि समय अघि मेरीबास्सै बाट बाहिरीएका केदार घिमिरे (माग्ने बुढा), विल्सन बिक्रम राई (तक्मे बुढा)ले अहिले युट्युव केन्द्रित ‘खास खुस’ श्रृंखला चलाईरहेका छन् । जुन युट्युवमा चार भाग सम्म आईसकेको छ । जसमा पनि चर्चित कलाकारहरुलाई देख्न सकिन्छ । त्यस्तै मेरी बास्सैकै चर्चित कलाकार सुरविर पण्डित (दारी बा) लाई पनि युट्युवमा सट मुभिहरुमा धेरै देख्न सकिन्छ ।

यस्तै क्रममा पछिल्लो समय हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा चर्चा कमाउँदै गरेका कलाकार सुरेश थापा (दर्शर्ने) ले युट्युवमा कमेडी गाईज नामक श्रृंखला लिएर आएका छन् । जसमा मेरीबास्सैका अन्य कलाकारहरुलाई पनि देख्न सकिन्छ । फरक शैलीको भुमिकामा देखिएका दर्शनेले आफ्नो भुमिका दर्शकमाझ यथावत राख्नका लागि यस्तो गरेको बुझ्न पनि सकिन्छ । हुन त कुनैपनि कलाकारले आफ्नो भुमिकालाई दर्शक माझ सधै चिनाउनै खोज्छन् ।

‘कमेडी गाईज’ नामक उक्त श्रृंखलामा दर्शने मुख्य भुमिकामा देखिएका छन् । जसमा मेरी बास्सैकै कलाकार बेगम नेपाल (भटभटे)ले कथा लेखेका छन् भने निर्देशन सुरेश थापाले नै गरेका छन् । त्यस्तै श्रृंखलामा सुरेश र बेगमका साथमा अनिता दंगाल, बिष्णु बुढाथोकी, लेखान्त भुसालको अभिनय देख्न सकिन्छ । जुन श्रृंखलालाई नेपाल कला डट टिभीको युट्युव च्यानलबाट अपलोड गरीएको छ।
watch Video: