फिल्म नखेल्ने मनस्थितिमा पुगिन् साम्राज्ञी

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

अभिनेत्री साम्राज्ञी आरएल शाह सामाजिक सञ्जालमा निकै सक्रिय हुने गर्छिन्। यो लकडाउनको समयमा उनी अझबढी सक्रिय देखिन थालेकी छिन्। सरकारले लगाएको लकडाउनले चलचित्र क्षेत्रको सबैकाम बन्द भएको छ। यो समयमा अन्य कलाकारहरुले जस्तै साम्राज्ञीले पनि घरमा आफूले गरेका बिभिन्न क्रियाकलापको फोटो भिडियो सार्वजनिक गरिरहेकी छिन्। उनको दिनचरिया हाल घरभित्रै चलचित्र हेरेर बितिरहेको छ। शाहले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरुलाई कोभिड १९-को संक्रमणबाट बच्न घरमै सुरक्षित रहँन र सावधानी अपनाउँन आग्रह गरेकी छिन्।

अहिलेकी हटकेक साम्राज्ञी दर्शकले सर्वाधिक मन पराएकी कलाकार मध्ये पर्छिन्। तर अहिले भने दर्शक प्रति उनको क्रेज घटदै आएको छ। चलचित्र ‘ड्रिम्स’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी साम्राज्ञीको पछिल्ला कुनै चलचित्र हिट छैनन्। उनका पछिल्ला चलचित्र ‘मारुनी’ र ‘रातो टिका निधारमा’ले पनि बक्सअफिसमा सफल ब्यापार गर्न नसकेपछि चलचित्रप्रति उनको मन हटदै गएको पाइएको छ। यस्तैमा सामाजिक सञ्जालमा उनलाई उनका फ्यानहरुले अब चलचित्र कहिले आउँछ भनेर प्रश्न गर्दा उनले राम्रो स्क्रिप्टबाट अफर आयो भने वर्षमा एउटा मात्र चलचित्र गर्ने नभए नगर्ने भन्दै जवाफ दिएकी छिन्। अब एक वर्षमा दुई तीनवटा चलचित्र नगर्ने बताएकी छिन्। आफूलाई स्क्रिप्ट चित्त बुझे र टिम चित्त बुझे मात्र काम गर्ने नत्र नगर्ने उनको भनाई छ।