वसन्तले ल्याए कोरोना सम्बन्धि चेतनामूलक गीत (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न विभिन्न उपायको खोजि भइरहेको अवस्थामा गायक स्रष्टाहरुले गीत सङ्गीतमार्फत कोरोना सम्बन्धि चेतनामूलक सन्देशहरु दिइरहेका छन् । केही समयअघि गीतकार अम्बिका गुरुङले ‘लौ आयो के आयो’ बोलको गीत सार्वजनिक गरेकी थिइन्। गीतमा गरिब निमुखाले कोरोना समस्याबाट कसरी पार पाउलान् भन्ने बिषयको उठान गरिएको थियो। त्यसैगरी  विश्व कीर्तिमानी गीतकार डा.डी आर उपाध्यायले ‘ओ कोरोना विन्ती छ, अब यो धर्तीबाट विदा लेउ' बोलको गीत सार्वजनिक गरेका थिए । यि सबै गीतले 'कोरोनाबाट आफु पनि बचौँ र अरुलाई पनि बचाउ' भन्ने सन्देश दिएको छ ।

हालै वसन्त चौधरीले ‘उद्धार गरौं यो मानवताको’ बोलको नयाँ गीत लिरिकल भिडियोसहित सार्वजनिक गरेका छन्। गीत 'कोरोना भाईरस मानवताको बिनाशकारीको रुप' भन्ने आधारमा तयार पारिएको छ। गायक तथा संगीतकार राज सागरको स्वर संगित रहेको यो गीतले यस संकटको अवस्थामा रहेका गरीब निमुखालाई उद्धार गर्न आह्वान गरेको छ।

video: