आर्यन सिग्देल र सुवासले बाडे १० लाखको औषधी

...

बैशाख, काठमाडौं । नायक आर्यन सिग्देल र निर्माता सुवास गिरीले सिन्धुलीमा औषधी बितरण गरेका छन् । चलचित्र पत्रकार संघसँग सहकार्य गर्दै सुवास गु्रप अफ कम्पनीले स्थानिय जनतालाई निशुल्क औषधी उपलब्ध गराउने उद्देश्यले सिन्धुलीको हेल्थपोष्टमा करिब १० लाख बराबरको विभिन्न ७७ प्रकारका औषधी वितरण गरेको हो ।

Aryan sidgel
भुकम्पबाट सिन्धुली जिल्ला खासै प्रभावित नभएता पनि बर्षेनी सर्पको टोकाईबाट धेरैको ज्यान जाने गरेकोले औषधी माग भईरहेको थियो । औषधी प्रदान गर्दै गर्दा निर्माता तथा सुवास ह्यूमन रिसर्चका प्रमुख सुवास गिरीले आफूले आउँदा दिनमा पनि सिन्धुलीका लागि सहयोग गर्ने बताए ।
यो टोलीले यसअघि सिन्धुपाल्चोक, रसुवा, दोलालघाट पुगेर भूकम्पबाट प्रभावित बनेकाहरुलाई राहत वितरण गरिसकेको छ ।