रीमालाई निर्देशक दीपेन्द्रको व्यंग्य: ‘कालो चिया बनाउन नसक्नेको बिहेनै हुँदैनथ्यो’

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

केहि समय अघि  क्वारेन्टाइन बसाइँमा आफूले बल्ल तल्ल कालो चिया बनाउन सिकेको कुरा बताएकी टिभी होस्ट तथा अभिनेत्री रीमा विश्वकर्मा यतिबेला सामाजिक सञ्जालमा निकै आलोचित बनेकी छिन् । उनको यस अभिव्यक्तिलाई लिएर निकै ट्रोल बनिरहेका छन् ।

लकडाउनको समय आफ्ना प्रशंसकहरुसँग सामाजिक सञ्जालमा लाइभ कुराकानी गर्ने क्रममा उनलाई उनका शुभचिन्तकले के पकाउन सिक्नुभयो? भन्ने प्रश्नमा उनले कालो चिया बनाउनको सिकेको जवाफ दिएपछि यो जवाफ भाईरल हुन कत्ति समय पनि लागेन। आफु यसरी ट्रोलको शिकार बनेपछि विश्वकर्माले फेसबुकमा स्टाटस लेखेकी थिईन्। जसमा लेखिएको थियो, ‘मैले कालो चिया बनाउन सिकेको हो, कालो बम होइन । कृपया यसलाई बम नबनाउनु होला।’ उक्त स्टाटसमा पनि उनको खिल्ली उडाउनेहरु ओइरो नै लागेको छ । जहाँ निर्देशक दीपेन्द्र लामाले पनि कमेन्ट गर्दै रीमालाई व्यंग्य गरेका छन् । उनले लेखेका छन्, ‘उहिलेको जमाना भएको भए कालो चिया बनाउन नसक्नेको बिहे नै हुँदैनथ्यो।’

यसैगरी लकडाउनका कारण आम सर्वसाधारणझैँ अन्य सेलिब्रेटीहरु पनि घरभित्रै सिमित हुनुपरेको छ। यो खाली समयमा धेरैजसो कलाकारहरु भान्सामा व्यस्त हुन थालेका छन् । चाड पर्वबाहेक अरुबेला  भान्सामा छिर्न समेत नभ्याउने कलाकारहरु अहिले बिभिन्न परिकार बनाउन जान्ने भइसकेको उनीहरु आफैले बताउदै आएका छन्।