फेक अकाउन्ट बनाउनेलाई वर्षाको चेतावनी !

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

कोरोना भाइसरको रोकथाम र नियन्त्रणकोलागि सरकारले निर्देशन गरेको लकडाउनको नियमलाई सार्वसाधारणदेखि कलाकारसम्मले पालना गर्दै आएका छन्। सबै आ-आफ्नो घरमा परिवारको साथमा समय बिताइरहेका छन्। धेरेजसो कलाकारहरु खाना पकाउँन, बारीको काम गर्न सिकिरहेका छन् भने कोही कलकारहरु युटयुबमा फिल्म,अनलाइन सिरिज हेरेर समय बिताइरहेका छन्। कोही कोही सामाजिक संजाल अर्थात फेसबुक,इन्स्टाग्राम, टिकटक र ट्वीटरमा पनि सक्रिय छन्।

यसैबीच चर्चित अभिनेत्री वर्षा सिवाकोटीले भने एक स्टाटस मार्फत फेसबुक र इन्स्टाग्राम बाहेक टिकटक र ट्वीटरमा आफ्नो आधिकारिक अकाउन्ट नभएको जानकारी दिएकी छिन्। उसको नाममा भएका टिकटक र ट्वीटरका फेक अकाउन्टका कारण उनी तनावमा रहेको स्टाटस मार्फत बताएकी छिन्। उनले फेक अकाउन्ट बनाउनेमाथी उजुरी समेत गर्ने  बताएकी छिन्। यदी उक्त फेक अकाउन्ट डिलिट नगरे उनले अकाउन्ट बनाउनेमाथी उजुरी गर्ने चेतावनी दिएकी हुन्।आफ्नो नभएको अकाउन्टले गर्दा आफन्त र फ्यान झुक्किएकाले उनले यो कदम उठाउन नपरोस भनी स्टाटस मार्फत जानकारी गराएकी हुन्। यसको मतलव उनी सामाजिक संजालमा सक्रिय नभएको भन्ने होइन। कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनका कारण घरमै समय बिताउँदै आएकी वर्षा फेसबुक र इन्स्टाग्राम भने निकै चलाउने गर्छिन्।