‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ स्थगित

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

बिभत्स महामारीको रुप लिइरहेको कोरोना भाइरसले अहिले विश्वलाई आंतकित बनाइरहेको छ। नेपालमा पनि यसको संक्रमण देखिन थालेपछि यसको रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले बिगत एक महिना देखि देश लकडाउन गर्दै आएको छ। दिनदिनै मानिसहरुमा यसको संक्रमण धेरै मात्रामा देखिन थालेपछि सरकारले थप लकडाउन लम्ब्यिाउँदै आएको छ। लकडाउनका कारण अहिले देशका सबै काम ठप्प छन। यसैबीच चलचित्र बजार पनि सुनसान छ। रिलिजको तयारीमा रहेको चलचित्र रोकिइरहेका छन भने छायाकंनरत चलचित्र जहाँको त्यहीँ छन। यसले चलचित्र बजार निकै नमजासँग खस्किने देखिएको छ।

यसैबीच चौथो संस्करणको ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२०’ स्थगित भएको छ। कोरोनाको कहर दिन प्रतिदिन बढदै गएकाले महोत्सव स्थगित गरिएको नेपाल अमेरिका फिल्म सोसाइटीले जनाएको छ। जुन २६ देखि २८ सम्म अमेरिकाको म्यारिल्याण्डमा आयोजना गर्न लागेको उक्त महोत्सव कोरोनाको कारण स्थगित गरेको फिल्म सोसाइटीले जानकारी दिएको हो। कोरोना साम्य भएपछि पुन महोत्सव आयोजना गरिने आयोजकको भनाइ छ।