सलमानको फार्महाउसमा ज्याकलिनको फोटोशुट, यस्तो छ प्रेम चर्चा

मुम्बई/(एजेन्सी)

बलिउड सुपरस्टार सलमान खान यतिबेला आफ्नो पनवेल फार्म हाउसमा बस्दै आएका छन्। खानको फार्म हाउसमा अभिनेत्री ज्याकलिन फर्नान्डेज पनि सँगै छिन्। अहिले बलिउडमा उनीहरु एकसाथ सँगै बस्दै आएको बिषयमा बिभिन्न चर्चा परिचर्चा भइरहेको छ। कुनै समय बलिउडमा सलमान र ज्याकलिनबीचको प्रेम चर्चामा थियो। अहिले उनीहरु सँगै बसेको खबरले फेरी यो आशंका उत्पन्न भएको छ।

उनीहरू भने एकसाथ फार्म हाउसमा भएको खबर सार्वजनिक गर्न चाहिरहेका थिएनन्। तर केही दिनअघिनै दुवैले एक अर्काको तस्वीर सेयर गर्दै फ्यानहरूलाई आफूहरु एकसाथ रहेको जानकारी दिइसकेका छन्। लकडाउन हुनु अघिदेखि ज्याकलिन सलमान खानको फार्महाउसमा काम विशेषले बसेकी थिईन्। तर भारतिय सरकारले एक्कासी लकडाउनको घोषणा गरेपछि उनी फार्महाउसमै रोकिएको उनले बताएकी छिन्। केही दिनअघि ज्याकलिनले सलमानको जिम गर्दैगर्दाको एक फोटो सार्वजनिक गरेकी थिइन्। उनले सलमानले जिममा पसिना बगाउँदै गरेको उक्त फोटो सेयर गर्दै लेखेकी थिइन्। 'भगवानले आज उनलाई जुन स्थान दिएका छन् यो स्थानमा पुग्न उनले यस्तैगरी मिहिनेत गरेका छन्। यस स्थानलाई सलमान निकै नै इज्जत गर्छन्। उनी हरेक दिनका लागि आभारी छन्। सलमान खान तपाइहरुका लागि अझै थुप्रै सरप्राइज लिएर आउँदैछन्। तपाईहरू सुरक्षित रहनुहोला।’

ज्याकलिनले पनि सलमानको फार्महाउसमा प्रकृतीसँग रमाउँदै घोडासँगै फोटोशुट गराएकी थिईन्। बजार इंडिया नामको म्यागजिनको लागि र आफ्नै काम विशेषले फोटोशुट गरेको उनले बताएकी छिन्। यस विषयमा उनले ट्विट मार्फत जानकारी गराएकी हुन्। सलमानले बलिउडमा ज्याकलिनलाई करिअर बनाउन साथ दिइरहेका छन्।