दीपक राज गिरीको नालिबेली !

आर्टिष्ट खबर/जेठ,काठमाडौं ।

हाल सामाजिक संजालमा एक भिडियो भाइरल भइरहेको छ। उक्त भिडियोमा चर्चित पत्रकार रबि लामिछाने लगायत चर्चित कलाकार, निर्देशक निर्मातासहितले महाभोजन गरिरहेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणकालागि गरिएको लकडाउनलाई पालना गर्नुहोस बिन्ती भन्दै अरुलाई अर्ती दिने तर आँफैले सोहि अर्ती नमान्दा रबि अहिले हाँसोको पात्र बनेका छन् । उनी बिवादमा तानिएका छन्। यसबिषयलाई लिएर केही मिडियामार्फत समाचार सम्प्रेषण भइरहको छ ।  यस बिषयमा समाचार सम्प्रेषण गर्नु जाएज देखिन्छ। दिनैदिनै धेरै संख्यामा कोरोना संक्रमित भेटिरहको अवस्थामा यस सार्वजनिक भिडियोका आधारमा पनि यी कलाकारहरु र लामिछानेलाई कानुनी रुपमा पक्रन सक्ने अवस्था समेत छ।

लकडाउनमा बजार निस्केको भन्दै लामिछानेले ‘घरमै भएको एक थोक तरकारीमा ऐना हेर्न मिल्ने गरि तङ्ग्रंग झोल हालेर खाउँ तर बाहिर नजाउँ, बाँच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखुराको रातो झोल,सात पत्रे बँदेल टिमुरको छोपसँग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल अकबरे खुर्सानी टोक्दै सात थाल थपि थपि खानुहोला’। भन्ने उनै लामिछानेले अन्य कलाकारहरुको बीचमा रमाउँदै भोज भतेर गर्न सुहाउँछ? यसै बिषयमा केहिले टिभिमा आफै सामाजिक दुरि कायम गरौँ भन्दै अर्ति दिने मान्छे आफै यसरी भोज भतेर गर्दै हिड्ने भन्दै चर्को आलोचना भइरहेको छ। भिडियोमा रबि लामिछाने सहित उनकी पत्नी चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा टिभी फिल्मीकी अध्यक्ष निकिता पौडेल, अभिनेता दीपक राज गिरी,अभिनेत्री तथा निर्देशक दीपा श्री निरौला, नायिका पुजा शर्मा, अभिनेता किरण केसी, अभिनेता अनुराग कुँवर, पत्रकार उत्सव रसाईली लगायतले कुनै एउटाको घरमा भेलाभई मस्ती गरिरहेको देख्न सकिन्छ। भिडियोमा बिभिन्न परिकारहरु बनाई खाँदै गरेको र सबै एकै ठाउँ रहेर भोजन गरिरहेको देख्न सकिन्छ। भोज भने कलाकार अनुराग कुवँरको घरमा भएको बुझिएको छ। सामाजिक सन्जालमा रबि लामिछाने सङ्ग जोडेर केही मिडियाले समाचार सम्प्रेषण गरेपछि दीपक राज गिरीले उक्त दिनको घटनाको नालिबेली सार्वजनिक गरेका  छन्। नालिबेली यसप्रकार छ।

आज म लेख्दैछू…

लगभग १०,१२ दिन राहत बॉड्न हिडियो होला त्यो फोटो कसैले छापेन, राहत बॉढेपछि बसेर खाना खाएको र हामिले नै खिचेर हालेको फोटो लाइ आधार बनाएर मसलायुक्त समाचार छापियो त्यस्को लागि धन्यबाद छ, केहि फ़िल्मी पत्रकार साथिहरूलाइ!!!

समाचारै लेख्दा अलि बुझेर लेख्या भए समाचार रमाइलो हुदैनथ्यो तपाइहरूको पिडा पनि बुझ्छू म ।।।।

शनिवार भोज गरे भनेर लेखेका छन् साथिहरूले

जबकि त्यों फोटो सोमबारको हो

तपाइहरूको स्क्रिप्ट यहि बाट चिप्लिन सुरू भो

तपाइहरूले लेख्नु भएको स्क्रिप्ट मा केहि सत्य कुरा नि हालौ है तरु

कुरा हो सोमबारको

जति बेला काठमान्डौमा लकडाउन केहि खुकुलो भएको थियो सडकमा मज्जाले गाडिहरू गुड्न थालेका थिए अनि हामि चलचित्रकर्मीहरू अनुरागजीले बितरण गरेको एक राहत कार्यक्रम मा सहभागी भयौ

दिनभर भोकाएका थियौ, पसलहरू बन्द थिए अत

अनुरागजी कॉहा नै खाना खाना जाने कुरा भयो

रबिजी लाइ मैले कल गरे उहॉ आउनु भयो सामान्य भोजन गर्यौ, न कुनै तडक भडक गर्यौ

न त्यो कुनै पार्टी नै थियो।।

जहां सम्म रबी लामिछाने जी को कुरा छ , उहॉ लाखौ नेपालीहरूको आशाको केन्द्र हो , अतस् उहॉ माथिको प्रहार गलत छ र त्यो आरोप मा एक रत्ती सत्यता पनि छैन

त्यो दिन पनि मैले कल गर्दा उहॉ आउन चाहनु भएको थिएन,

एक त धेरै लामो समय देखि हामि भेटेका थिएनौ

मैले नै उहॉलाइ यो परिस्थितिमा एक अर्का संग कसरी हातेमालो गरेर अघि बढ्न सकिन्छ छलफल पनि गरौ ,लकडाउन पनि अब खुकुलो हुने क्रममा छ भनेपछि उहॉ आउनु भयो , सामान्य खाना खायौ।। थुप्रै राम्रा योजनाको बारेमा छलफल पनि गर्यौ

त्यहि वेला ३४ जना नयॉ संक्रमित थपिएको समाचार आयो, रबिजीले नै भन्नु भयो “ ओहो अबस्था फेरीयो अब छुट्टिनु पर्छ अब हामि भिडियो च्याट मैं कुरा गरौला “उहॉ निस्कनु भयो

हामि पनि घर आयौ।।।।मसला नभएको कथा चाहि यहि हो १११

तैपनि हामि बाट एउटा गल्ति चाहि भयो।।।।

सडकमा खाना बॉडेको फोटो त फेसबुकमा हाल्नु हुदैन भन्ने हेक्का थियो तर साथिहरूले सामान्य खाना खाएको फोटो भने हाल्न पुग्यौ ।। “लखर लखर हिडेर मदिरा पार्टी गरेर ,नॉचगान गरेर उच्छृंखलता प्रस्तुत गरेको अबस्था पनि होइन , राम्रो काम गरेर आएर खाना खाएको फोटो मात्रै हो ।।।।। ब्याख्या आ-आफ्नै ढंगले गर्न सबैलाइ छुट छ ।।।।।

दीपकसँगै महाभोजमा उपस्थित पत्रकार उत्सव रसाइली,चर्चित पत्रकार रवि लामिछाने लगायले पनि यस बिषयमा स्पष्टिकरण दिएका छन्। 'सबैको भनाइ एउटै छ र सामान्य भोजन गर्या थियौँ,कुनै तडक भडक थिएन।' तर सार्वजनिक भएको भिडियो हेर्दा सामान्य भोजन र तडक भडक नभएको देखिदैन।