‘हेलचेक्राइ गरियो,आज बाट म त सचेत हुन्छु’: रबि लामिछाने

आर्टिष्ट खबर/जेठ,काठमाडौं ।

कोरोनाभाइरसको रोकथामकोलागि नेपालमा गरिएको लकडाउनको नियमलाई तोडदै चर्चित कलाकारहरुबीच रबि लामिछानेसहिको भोज भतेरको बिषयलाई लिएर अहिले बिभिन्न परिचर्चा चलिरहेको छ। 'सिधा कुरा जनतासँग' कार्यक्रम मार्फत कोरना भाइरसका बारेमा अपडेट दिईरहेका उनै रबि लकडाउनकै अवस्थामा पत्नी निकिता पौडेल, कलाकारहरु किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पूजा शर्मा लगायतसँग भोजमा सहभागी भएको भिडियो र तस्बिर सार्वजनिक भएपछि उनी बिवादित बन्न पुगेका छन्। यस भिडियोको आधारमा अन्य केही मिडियामार्फत समाचार सम्प्रेषण भइरहको छ। यसै बिषयलाई लिएर टेलिभिजन प्रस्तोता रबि लामिछाने लगायत दीपक राज गिरी,उत्सव रसाइलीलगायत अन्य पार्टीमा उपस्थितले स्पष्टिकरण दिएका छन्। रबिको फेसबुकमास्टाटस यसप्रकार छ-:

खाना खाएको फोटोमा चर्चा चलेछ। पार्टी गरेको होइन,रमझमपनि होइन,सार्वजनिक स्थानमा भिड्भाड जम्मा गरेको पनि होइन। अत्यन्त सजग र सचेत हुँदै चिने जानेका साथीहरूको आग्रहमा,महत्त्वपूर्ण सल्लाह र छलफल सके पछि घर भित्रै ६र८ जना मात्रै भएको स्थानमा पाकेकोरपकाएको खाना खाएका हौ।हामीले आफ्नो घरमा कसैलाई बोलाएर भोज,भतेर वा जमघट गरेका होइनौ।काम पछि, छलफल सकिए पछिको सामान्य खाना हो,साथीले श्रद्दाले पस्केर दिएको खाना।रमाइला साथीहरू भेट्दा र फोटो खिच्दा २ इन्ची बढी जरुर हासियो,गल्ती चाहिँ आवश्यक दुरि कायम गरिएन।भएको चाहिँ यत्ति हो।

अस्तिबाट संक्रमितको संख्या बढेपछी हिजो कै कार्यक्रममा आफ्नै आलोचना गरेको छु। लकडाउनको शुरूवातका दिनमा जस्तो होसियार भैएन, हेलचेक्राइ गरियो,आज बाट म त सचेत हुन्छु तपाइ पनि सजग हुनुहोस् भनेको छु।सायद जसलाई माया गरिन्छ उसै बाट अपेक्षा गरिन्छ त्यसैले अन्यथा पटक्कै लिएको छैन।सबै आलोचनाहरुलाई स्विकार्दै आगामी दिनमा अझै बढी जिम्मेवार,सजग र सचेत हुने प्रयास गर्नेछु।आजपनि बिहान ७ बजेदेखि साझ ७ बजेसम्म स्टुडियो भित्र थिए। काम बाट ब्रेक लिएर आजपनि साथीहरूसँगै खाना खाएको छु,तर भोज वा पार्टी गरेको छैन, होइन । धन्यवाद !