लकडाउनकै बीच ‘रानीमहल’को फष्टलुक सार्वजनिक

आर्टिष्ट खबर/जेठ,काठमाडौं ।

कोभिड-१९ का कारण  पछिल्लो समय चलचित्र क्षेत्र डमाडोल बनेको छ। लकडाउनका कारण चलचित्रका सबै काम बन्द भएका छन्। कोरोना नेपालमापनि भित्रीएसँगै एक्कासी सरकारद्दारा लकडाउनको धोषणा गरिएपछि प्रर्दशनको मुखमै रहका चलचित्रहरु रोकिएका छन् भने छाँयाकन भइरहेका चलचित्रहरुको छाँयाकन बीचमै रोकिएको छ ।

तर केही चलचित्र टिमहरुले लकडाउनकै बीच चलचित्रको फष्टलुक मात्रैभएपनि सार्वजनिक गर्दै आएका छन्। यसैबीच नयाँ चलचित्र 'रानीमहल'को फष्टलुक सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ। चलचित्रको फष्टलुकमा निकिता चान्डक, प्रितमराज सेन्चुरी, साहिल श्रेष्ठ र मानस्वी खरेललाई देखाइएको छ।

हिमाल न्यौपानेले निर्देशन गरेको चलचित्रमा बिमल भुसालको लगानी रहेको छ। निर्माण टिमले अब छिट्टै टिजरपनि सार्वजनिक गर्ने बताएको छ। चलचित्रमा निकिता,प्रितम, साहिल र मनस्वीसँगै नीर शाह, बिएस राणा, सुष्मिता केसी,अर्जुनजंग शाहीलगायतका कलाकारको अभिनय रहेको छ।