‘चलेछ बतास सुस्तरी’ को अडियो जुकबक्समा समावेश तिन गित

...

chalechha batas sustari - nepali movieपुस १७, काठमाडौं । फिल्म ‘चलेछ बतास सुस्तरी’ को अडियो जुकबक्स सार्वजनिक गरिएको छ । जुकबक्समा जम्मा तिन गितहरु राखिएको छ । जसमा सिम सिम, मिठो मिठो र चलेछ बतास सुस्तरी बोलको गित गित छन् ।

समावेश तिन गित मध्ये पहिलो सिम सिम बोलको गित युवापुस्ता माझ लोकप्रिय बन्ने आशा देख्न सकिन्छ । गितमा केहि फास्ट बिट र माया प्रेमका शब्दहरु प्रयोग गरीएको छ । गित हिट हुनुमा लय तथा शब्दको ठुलो भुमिका रहन्छ।

समावेश दोस्रो ‘मिठो मिठो’ बोलको गित र तेस्रो गित ‘चलेस बतास सुस्तरी’ पनि सुमधुर सुनिन्छ । गितमा विकास चौधरीको संगीत रहेको ‘ छ । प्रदीप भारद्वाज निर्देशित फिल्म ‘चलेछ बतास सुस्तरी’ आउँदो माघ २९ गतेदखि प्रदर्शनमा आउँदैछ । फिल्ममा नायिका सुस्मा कार्की र नायक प्रमाद भारद्वाजलाई प्रेम जोडीको रुपमा देख्न सकिनेछ ।