धुुर्मुस–सुन्तलीको ‘लिपुलेक’ सामाजिक संजालमा भाइरल (भिडियो)

आर्टिष्ट खबर/जेठ,काठमाडौं ।

समाजसेवी तथा हाँस्य कलाकार जोडी सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले लकडाउनबीच दर्शकहरुमाझ बिभिन्न चेतनामुलक भिडियो सामग्री सार्वजनिक गर्दै आएका छन्। कोरोना भाइरसले महामारीको रुप लिन थालेपछि यसको रोकथाम तथा नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने बारे समेटेर बनाइएको  भिडियोले दर्शकमाझ  राम्रो प्रभाव पारेको छ। यसैबीच यो जोडीले लिपुलेक र नालापानीबारे केही दिन अघि एक भिडियो सार्वजनिक गरेका थिए। लिपुलेक र नालापानी नेपालको हो यसलाई कुनै हालतमा नेपालबाट फुत्किन दिन हुदैँन भन्ने बिषयमा उनीहरुले एक कमेडी र सन्देश मिश्रित भिडियो सामग्री सार्वजनि गरेका थिए। अहिले सामाजिक संजालमा उक्त भिडियो भाइरल भइरहेको छ। भिडियो धेरैले शेयर गरेका  छन्।

लकडाउनको मौका छोपी छिमेकीले जग्गा मिचेर बाटो बनाएको र नेपालका नेताहरुलाई भने केही पनि थाहा नभएजस्तो गरेको भिडियोमा देखाइएको छ। केही दिनअघि लिपुलेक र नालापानी भारतले मिच्न खोजेको कुरामा नेताहरुले यसबारे आफूहरुलाइ केही थाहा नभएको बताएका थिए। यही बिषयलाई आधार बनाएर धुर्मुस र सुन्तलीले  नेताहरुको व्यंग गर्दै भिडियो तगार पारेका हुन्। भिडियोमा छिमेकीले जग्गा मिचेर बाटो बनाएको देख्दा देख्दैपनि नेताहरुले कुनै पनि कदम चाल्न नसकेको कुरालाई समेटिएको छ। यदि यस बिषयमा नेताहरु मौन रहे जमिन फिर्ता ल्याउन जनता आफै अघि सर्ने भिडियोमा उल्लेख छ। सुदिप बरालको छायांकन र सम्पादनमा तयार भएको भिडियोमा सितारामले दुइ पात्रको भूमिका निर्वाह गरेका छन्।  भिडियो सिताराम र कुञ्जनाको निर्देशनमा तयार भएको हो।