तीज गीतको बिकृती हटाउन प्रतिष्ठानले गर्यो १३ सदस्यीय कार्यदल गठन

साउन, काठमाडौं । पछिल्लो समय तीज पर्वको अवसरमा सार्वजनिक गीतहरुमा तीजको मर्म भएका भन्दा नभएका धेरै हुन थालेपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले त्यस्ता कामलाई नियन्त्रण गर्न १३ सदस्यीय कार्यदल गठन गरेको छ । केवल सस्तो लोकप्रियताका लागि असामयिक गतिविधिहरु गर्ने कलाकारलाई कालो सुचिमा राख्ने, प्रतिष्ठानका गतिविधिमा संलग्न हुन नपाउने र प्रतिष्ठानबाट प्राप्त हुने सम्पूर्ण सेवा सुविधाहरुबाट बन्चित गराउने निर्णय गरिएको सार्वजनिक विज्ञप्तीमा उल्लेख छ ।

विदेश जानको लागि चाहिने सिफारिस समेत रोक लगाइने र सस्थाले दिने अधिकारबाट बन्चित गराइने निर्णय समेत भएको बुझिएको छ । आज बसेको केन्द्रिय बैठकले प्रतिष्ठानका उप–महासचिव शिव हमालको संयोजकत्वमा विकृति विसंगती विरुद्धको १३ सदस्यीय कार्यदल गठन गरेको हो ।  शिब हमालको संयोजकत्वमा गठित कार्यदल भित्र उपसंयोजक हरि डाँगी, कृष्ण रेउले, पी।एन सापकोटा, सदस्यहरु कुलेन्द्र विश्वकर्मा, पूर्णकला बि.सी, महेन्द्र गौतम, अन्जली अधिकारी, युवराज मगर, जमुना राना, बिमल अधिकारी, प्रकाश भट्ट लगायतका कलाकारको टिम समावेश छ ।

यस निर्णयले आगामि दिनमा गीतसंगीतमा आउने बिकृती नियन्त्रण हुनेमा प्रतिष्ठान आशावादी देखिन्छ । विज्ञप्तीमा भनिएको छ, 'सामाजिक सद्भावमा खलल पु¥याउने एवं नियतवस दुई अर्थी अपाच्य शब्द सामग्री प्रयोग गर्ने, श्रष्टा सर्जक कलाकारहरुलाई प्रतिष्ठानले कालो सुचीमा नामांकित गरी प्रतिष्ठानका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने र प्रतिष्ठानबाट प्राप्त हुने सम्पूर्ण सेवा सुविधाहरुबाट बन्चित गराउने निर्णय गरिएको छ । तीज गीतको मर्मलाई जोगाई राख्न त्यसबाट निकालिएका खाटी तीज गीतहरुको पहिचान गरी सम्मान प्रदान गर्ने समेत निर्णय गरिएको छ ।'