टेलिफिल्म ‘सम्बन्ध’ को सुटिङ सुरु

साउन, काठमाडौं ।

कोरोना (कोभिड १९) भाइरसको माहामारीका बिच नेपालसँग विश्वमै कलाक्षेत्रमा पनि ठुलो असर परेको छ । ठुला चलचित्रहरु अहिलेपनि सुटिङ सुरु हुन सकेको छैन । रिलिजका लागी हल कहिले खुल्ने त्यो पनि टुंगो छैन । यसैबिच टेलिफिल्मको पनि सुटिङ सुरु हुन थालेका छन् । कतिपय हाँस्य टेलिफिल्महरु त महिनादिन अघि देखीनै प्रसारण भइसकेका छन् भने अहिले सञ्चारकर्मी कुमार आचार्यले टेलिफिल्म ‘सम्बन्ध’ को छायांकन शुरु गर्नुगर्नु भएको छ ।

पारिवारिक टेलिफिल्ममा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगानाको अभिनय रहनेछ । काठमाडौंका विभिन्न स्थानमा छायांकन हुने टेलिफिल्ममा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, उषा मलह (सिम्रन)को गायन छ । रवी केसी निर्माता रहेको टेलिफिल्मको प्रस्तुतकर्ता करुणा आचार्य हुनुहुन्छ भने सहायक निर्देशन राम जे राउतले गर्नुभएको छ ।