वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पत्तिमा कोरोना संक्रमण

साउन, काठमाडौं ।

वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पत्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हाल अमेरिकामा रहदै आउनु भएका प्रेमराजाले आफ्नो फेसबुकमार्फत आफू र जीवन संगीनी कविता केसी महतमा कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । गायक प्रेमराजा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत हुन् ।

वरिष्ठ लोकगायक महतले अगस्त ७, शुक्रबार दिउँसो करिब ३ बजे सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ध्यान राख्दा राख्दै दुर्भाग्यबस हाम्रो श्रीमान श्रीमति पनि यसबाट बंच्न सकेनौ ।हामि अहिले आफ्नै घरको एक एक कोठा मा आईसोलेसन मा छोरा डा। सरगम महत को निरिक्षण र निगरानी मा बसेका छौं ।

गायक प्रेमराजको पुरा स्टाटस पढ्नुहोस् ।

'समुदाय का सम्पुर्ण दिदीबैनी दाजुभाई तथा ईष्टमित्रहरू मा हार्दिक अपिल ।यदि हामिले समयमै सतर्कता अपनाएनौ भने बिश्वमहामारी कोरोना ले हमि कसैलाई पनि अछुतो बनाऊने वाला छैन । ध्यान राख्दा राख्दै दुर्भाग्यबस हाम्रो श्रीमान श्रीमति पनि यसबाट बंच्न सकेनौ ।हामि अहिले आफ्नै घरको एक एक कोठा मा आईसोलेसन मा छोरा डा। सरगम महत को निरिक्षण र निगरानी मा बसेकाछौं।

यदि हाम्रो परिवार बाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्तिपनि शर्मनमानिकन यो रोग लाई गोप्य नराखी समुदायलाई सु९सुचित हुने मौका दिनु हुनेछ भन्ने पुर्ण बिश्वास का साथ हजुरहरू मा हार्दिक अनुरोध गर्दछु।ईमान्दारिता ले गर्दा देश,समुदाय , स्वास्थ्यकर्मि र बिश्वस्वास्थ्य संगठन प्रति नै सहयोग पुग्नजानेछ।जय पशुपतिनाथ ।'