नयाँ चलचित्रमा काम गर्दै श्वेता

...

<pre style="text-align: justify; "><b>भदौ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने पक्का भएको छ । पछिल्लो दुई वर्षदेखि चलचित्रमा नदेखिनु भएकी श्वेताले अब भने ‘हुर्रे’, ‘मेरी मामु’ र ‘राज्जा रानी’ चलचित्र निर्देशन गर्नुभएका निर्देशक यम थापाले निर्देशन गर्ने नयाँ चलचित्रमा काम गर्ने बताइएको छ ।</p><p style="text-align: justify; ">चलचित्रमा श्वेता आमाको भूमिकामा हुने जानकारी प्राप्त भएको छ । तर, उनहाँले आफूले निर्वाह गर्न लागेको भूमिका खुलाउन चाहनु भएको छैन । चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा वाचन गर्ने बुझिएको छ । चलचित्रको कथा निर्देशक थापा स्वयंको हो ।</p><p style="text-align: justify; ">निर्देशक थापाले पहिला श्वेतालाई अतिथी भूमिकाका लागि एउटा फिल्म अफर गर्नुभएको थियो । तर, उहाँले उक्त फिल्म गर्न अस्वीकार गरेपछि यमले नयाँ कथा सुनाउनु भएको थियो । श्वेताले भन्नुभएको छ, ‘कथा राम्रो लागेपछि काम गर्न सहमति जनाएको हुँ । कोरोना महामारीपछि यही फिल्म गर्नेछु । यसपछि आफ्नै प्रोडक्सन हाउसबाट नयाँ फिल्म निर्माण गर्दैछु । अहिले कथामा काम हुँदैछ ।’</p><p style="text-align: justify; ">निर्देशक यम थापा नाम नखुलाइएको उक्त चलचित्रमा छोरीको भूमिका बालकलाकार सेड्रिना शर्मालाई अफर गर्ने सोचमा हुनुहुन्छ । श्वताले अभिनय गरेको पछिल्लो चलचित्र ‘कान्छी’ हो । जुन दर्शकले मन पराउनु भएको थियो । यसपछि उनले एभरेष्ट सूर्य बोहराको ‘हेल्लो जिन्दगी’ साइन गर्नुभएको थियो । तर, घाँटीमा ट्युमर देखिएपछि उक्त चलचित्रमा काम गर्नु भएन ।&nbsp;</p>