शोभना फिल्म फेस्टिबल हुने

असोज, काठमाडौं ।

‘शोभना फिल्म फेस्टिबल–२०२०’ हुने भएको छ । महोत्सवको पोस्टर सार्वजनिक गर्दै फेस्टिबलका संस्थापक एवं निर्देशक सुमितप्रताप सिंहले सञ्चारमाध्यमसँग कुरा गर्दै शोभना वेलफेयर सोसाइटी दिल्लीले कार्यक्रम आयोजना गर्न लागिएको बताउनु भएको छ । यो फेस्टिभल शोभना वेलफेयर सोसाइटी दिल्लीको अध्यक्षतामा हुने छ ।

यो फिल्म महोत्सव अनलाइन आयोजना गरिनेछ । यसमा जोकोहीले पनि निःशुल्क सहभागी हुन सक्नेछन् । इच्छुक व्यक्तिले अनलाइन फाराम भरेर सहभागी हुन सक्नेछन् । महोत्सवमा भाग लिन सर्टरडकुमेन्ट्री फिल्मको लम्बाइ १ मिनेटदेखि ३० मिनेट सम्मको हुनुपर्नेछ ।

प्राप्त फिल्महरुमध्ये  जम्मा ३० वटा प्रदर्शनका लागि छनोट गरिनेछन् ।  जसमध्ये उत्कृष्ट तीन चलचित्रलाई प्रथम, दोस्रो र तेस्रो सम्मान प्रदान गरिनेछ । उत्कृष्ट तीनमा पर्न सफल फिल्मलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने बाँकी फिल्मलाई प्रमाणपत्र प्रदान गरिनेछ । यसका साथै सर्वश्रेष्ठ निर्देशक, सर्वश्रेष्ठ कथा, सर्वश्रेष्ठ अभिनेतारअभिनेत्री, सर्वश्रेष्ठ क्यामेराम्यान, सर्वश्रेष्ठ स्क्रिनप्ले, सर्वश्रेष्ठ बालरबालिका कलाकार, सर्वश्रेष्ठ पटकथा, सम्पादक र संगीत सम्मान पनि प्रदान गरिनेछ ।

महोत्सवमा भाग लिन १५ सेप्टेम्बरदेखि १५ अक्टोबरसम्म आफ्नो फिल्म पठाइसक्नुपर्नेछ । फिल्म प्रदर्शन १२ र १३ नोभेम्बरमा गरिने र १४ तारिखमा विजेताहरुको नाम घोषणा गरिनेछ । देश विदेशका लेखक, फिल्ममेकर सम्बन्धित क्षेत्रका चर्चित हस्तीहरु यसको छनोट समिति तथा निर्णायक मण्डलमा रहनेमा नेपालबाट साहित्यकार, अनुवादक सुमी लोहनी पनि यसको छनोट समितिमा हुनुहुन्छ ।