पुस्कल शर्मा र बिष्णु माझीको ‘एकदिन’ सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीत क्षेत्रमा बिशेष गरी ‘सेन्टिमेन्टल’गीत गाएर लोकप्रिय बन्नुभएका गायक पुस्कल शर्माले नयाँ गीत सार्वजनिक गर्नुभएको छ । ‘एकदिन’ बोलको गीतमा पुस्कल सँग बिष्णु माझिको स्वर रहेको छ । गीतमा पुस्कल आफैले संगीत भर्नुभएको छ भने पिताराम बिष्ट आनन्दको शब्द रहेको छ ।

शुक्रबार सार्वजनिक उक्त गीतको भिडियोमा सकारात्मक प्रतिक्रिया आइरहेका छन् । भिडियोमा आएका प्रतिक्रियाहरुलाई हेर्नेहो भने अधिकांशको मन जितेको बुझ्न सकिन्छ । गीतको भिडियोमा गायक पुस्कलसँगै सारिका के.सीको अभिनय रहेको छ । दिपक बिष्टको सम्पादनमा तयार भएको भिडियो पुस्कलले आफ्नै युट्युव मार्फत सार्वजनिक गर्नुभएको छ । ‘यसअघि दर्शकले मलाई विश्वास गरेर माया गर्नुभएको छ ।

त्यसैले अहिले पनि दर्शक तथा स्रोताको विश्वासलाई मध्यनजर गर्दै गीत सार्वजनिक गरेको छु ।’ पुस्कलले भन्नुभयो । ‘आशा छ यो गीतलाई पनि दर्शकले माया गर्नुहुनेछ ।’