हाँस्य कलाकार निर आलेले पहिलोपटक गाए ‘मस्का’ गीत (भिडियो)

असोज, काठमाडौं ।

हाँस्य कलाकार निर आले मगरको स्वरमा ‘मस्का’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा निरलाई प्रिती आलेले साथ दिएकी छिन् । हाँस्यक्षेत्रमा राम्रो स्थान जमाइरहेका निरले साँगितीक क्षेत्रमा गायक भएर प्रवेश गरेका छन् । निरले देश तथा बिदेशका स्टेज कार्यक्रमहरुमा हाँस्य प्रस्तुती दिँदै आएका थिए ।

सार्वजनिक ‘मस्का’ बोलको गीतमा यम थापा मगरको शब्द तथा संगीत तथा संगीत एरेन्ज रहेको छ । मारुनी रेकर्डिंग स्टुडियोमा तयार भएको यो गीतका सुमन राना मगर रेकर्डिस्ट हुन् ।

गीतको भिडियोमा पनि गायक गायिका स्वयको अभिनय रहेको छ । भिडियोमा यसअघि सार्वजनिक भइरहने भन्दा केहि फरकपन देखिन्छ । प्रिती र निरलाई रक अवतारमा देख्न सकिन्छ । भिडियोको निर्देशन भने शंकर बिसीले गरेका हुन् । गायक निरले जीवनमै पहिलो गीत गाएको र दर्शकले माया गरिदिनेमा विश्वास राखेका छन् । उनले भोलीको दिनमा अन्य गीतमा ल्याउने बताए ।