पदमको शब्द र रामको संगीतमा राज सिग्देलको स्वर

असोज, काठमाडौं ।

गायक राज सिग्देलको स्वरमा रहेको ‘सोच तिम्रो’बोलको गीत सार्वजनिक गरिएको छ । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो स्वरको जादुबाट छुट्टै पहिचान बनाउनु भएका गायक सिग्देलको यस गीत केही दिनअघि इन्टरनेटमा ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा लामो समयदेखि अमेरिकामा रहँदै आउनु भएका गीतकार पदम विश्वकर्माको स्वर छ । गीतकार पदमले लामो समयदेखि अमेरिकामै रहँदै विभिन्न गीतमा शब्द भर्दै आउनु भएको छ । उहाँले लेखेका गीत नेपाली गीतसंगीतको बजारमा छरिएका छन् । पदमले यस गीतलाई दर्शक तथा श्रोताले मन पराउनेमा विश्वास लिनुभएको छ ।

यस्तै गीतमा राम कार्कीको संगीत छ । संगीतकार रामले आफ्नो जीवनमा धेरै गीतमा संगीत भरेको र तीमध्ये मनले राम्रो भनेको लिष्टमा यो गीत पनि पर्ने बताउनु भएको छ । द पिक स्टुडियोमा रेकर्ड भएको यो गीत को भिडियोमा दीपक आचार्य र इष्टु कार्कीले अभिनय गर्नुभएको छ । यस्तै मुना सिलवाल र प्रसन पोखरेललाई पनि देख्न सकिन्छ । कलाकार दीपक आचार्यले नेपालको लोकप्रिय हाँस्य टेलिशृंखला ‘सक्कीगोनी’का कलाकार समेत हुनुहुन्छ । यस्तै इस्टु अर्को लोकप्रिय हाँस्य टेलिशृंखला ‘हल्का रमाइलो’को कलाकार हुनुहुन्छ । दीपकले म्युजिक भिडियो निर्देशन पनि गर्नुहुन्छ भने इष्टुले अन्य थुप्रै म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ ।

सुरेश थापाले निर्देशन गरेको भिडियो सागर गौतमले खिचेका छन । भिडियो अभिनायक सेरचनले सम्पादन गरेका छन् । यस भिडियोका निर्देशक सुरेश थापा पनि हाँस्य टेलिशृंखला ‘भद्रगोलका’ निर्देशक हुनुहुन्छ ।