वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ २ कात्र्तिक ३ बाट

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’को सिजन २ प्रसारणमा आउने भएको छ ।  युवा पुस्तालाई लक्षित गरेर बनाइएको यस सिरिजको ट्रेलर पनि सार्वजनिक गरिएको छ । ट्रेलरमा हासो रोदन प्रेम बिछोड समेटिएको देखिन्छ ।

सुजन मानन्धरले निर्देशन गरेको यस सिरिज यहि कार्तिक ३ गते बाट सार्वजनिक हुने बताइएको छ । सिरिज करिब १६ एपिसोडको हुने बतााइएको छ । उक्त सिरिज ह्याप्पी रेकर्ड्स नेपालको युटुब च्यानल र हिमालयन टेलिभिजमा प्रत्येक सोमबार राती ८ः३० बजे प्रशारण हुनेछ । सिरिजको मुख्य भूमिकामा सुमन चित्रकार श्रेष्ठ, एरिना गुरुङ, सिरन बज्राचार्य, सपना तामाङ्ग, सुरेन्द्र मानन्धर, निश्चल जंग थापा, क्रिरण स्याङ्गतान लगायतका कलाकारहरु छन् ।

सुमन चित्रकारको कथा पटकथा तथा संवाद रहेको सिरिजलाई निस बज्राचार्यले खिचेका हुन् । त्यस्तै ड्रोनमा गौरव कंसाकार, मार्केटिंग एजेन्सीमा मलीन मिडिया एण्ड इभेन्ट, लाईट्समा सुमन श्रेष्ठ, मेक अपमा शृति श्रेष्ठ, साउण्डमा रिकेश सयामी, ग्राफिकमा विवेक खत्री, प्रोडक्सन म्यानेजरमा विपिन श्रेष्ठ रहेको सिरिजको शिर्ष गीतको शब्द भने कर्ण श्रेष्ठ तथा संगीत अलमोडा राना उप्रेतीको रहेको छ । सिरिजको सम्पादन भने निर्देशक स्वयम्ले गरेका हुन् ।