चोर र पुलिसको मुर्हूतमा हेलिकोप्टर

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

नेपाली चलचित्र ‘चोर र पुलिस’को छायाँकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको चलचित्रको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायाँक्न सुरु भएको हो ।

काठमाडौबाट हेलिकोप्टर चार्टर गरेर कालिन्चोक पुगेको निर्माण युनिटले त्यहाँ मुर्हूत गर्दै चलचित्रको पे्रमकथामय गीत ‘कुन देश कि परी..’बाट छायाँकन सुरु गरेको थियो । गीतको छायाँकन कालिन्चोक आसपासका स्थानमा  गरिएको हो । गीतमा अभिनेत्री कविता राय, अभिनेता तथा निर्देशक आरएल लामाले अभिनय गरेका थिए ।

कालिन्चोकको अहिलेको मौसम एकदमै राम्रो भएकोले हेलिकोप्टर चार्टर गरेर चलचित्र छायाँकन त्यहाँ पुगेको निर्देशक राजु लामाले बताउनु भयो । ‘प्राकृतिक सुन्दरता र मौसमले कालिन्चोक साँच्चै स्वर्ग जस्तै लाग्यो’ लामाले भन्नुभयो । अभिनेत्री कविता रायले कालिन्चोकको सौन्दर्यले आफु मोहित भएको बताउनु भयो । पहिलो चोटी कालिन्चोक पुग्नुभएकी कविताले भन्नुभयो, ‘कालिन्चोको सौन्दर्य बर्णन गरेर नसकिने छ ।’

दोलखाकोअलवा सिन्धुपाल्चोकसँग जोडिएको मुडे, चरिकोटल, कुलेखानी, हेटौडा, पोखरा र काठमाडौलगायतका स्थानमा फिल्मको छायाँकन हुनेछ । चलचित्रमा बुद्धी तामाङ, सुलेमान शंकर ‘इकु’, जयनन्द लामा, धिरन शाक्य ,कविता राय, रेशम फिरिरि, रामचन्द्र अधिकारी, सुरविर पण्डित, कविता राय, बालबलाकारमा अर्नव बिष्ट, कौसल राईलगायतको अभिनय रहनेछ ।

आरएल फिल्म इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा बन्ने फिल्मका निर्माता सोनाम मोक्तान, लङ्कामाया मोक्तान हुनुहुन्छ । निर्देशक लामाकै लेखन रहेको चलचित्रले नचाहादा नचाहदै चोर बन्नुपर्ने बाध्यता र पुलिसको कर्तब्यलाई बिषयबस्तु बनाएको छ । चलचित्रका प्रस्तुतकर्ता खड्ग लामा मोक्तान हुनुहुन्छ ।

चलचित्रमा विकास चौधरीको संगीत, सुरेश लामाको स्वर, आरएल लामाको शब्द, दिनेश पाख्रिनको, अजय स्याङ्तान, अर्जुन भुषालको नृत्य, राजु किरतीको द्धोन्द र रामेस्वर हुमागाईको छायाँकन रहनेछ । चलचित्रका रमेश खत्री, करणबहादुर बिष्ट, शेखर लामा सहनिर्माता रहेका छन् । चलचित्रको बितरण रीज इन्टरटेनमेन्टका करण श्रेष्ठले गर्नुहुनेछ ।