बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम (भिडियो हेर्नुस्)

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा पछिल्लो समयका लोकप्रिय मोडलहरुको अभिनय रहेको छ ।  शुक्रबार साँझ सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्री परियारको स्वर रहेको छ । रबिन ज्ञवालीको शब्द रहेको गीतमा गायक बसन्तले नै संगीत भरेका छन् ।

भिडियोमा नायक पल शाहसँगै मोडलहरु रियासा दाहाल, उषा उप्रेती र विश्वास नेपालको अभिनय रहेको छ । अन्य भिडियोमा भन्दा यस गीतको भिडियोमा पल र रियासाको जोडीलाई फरक तरिकाले प्रस्तुत गरिएको छ । आफूले माया गरेको मान्छेलाई अर्कैले लैजान खोज्दाको पिडा पलले देखाएका छन् । काजिस श्रेष्ठले निर्देशन गरेको भिडियो अर्जुन तिवारीले खिचेका हुन् । भिडियोमा सम्पादन दीपक बिष्टले गरेका छन् भने कलर प्रबिन भट्टले गरेका छन् ।

झण्डै ५ दर्जन गीति एल्बम बजारमा सार्वजनिक गरिसकेका गायक लम्साल यस गीतलाई दर्शक तथा स्रोताले मन पराउनेमा पुर्ण आशावादी छन् । गायक बसन्तका यसअघिका ‘मृत्यु दण्ड’, ‘बिछोडको घाँउ’, ‘जिउँदै श्रद्धाञ्जली न देउ आत्मालाई’, ‘हाम्रो प्यारो अर्घाखाँची’ लगायतका दर्जनौं गीत चर्चित छन् ।