‘छुट्टिएर भिडियो गर्दैनौं’

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

नेपाली म्युजीक भिडियो क्षेत्रका पछिल्लो समयका डिमाण्डेड मोडल हुनुहुन्छ टुईन्स गर्ल (जुम्ल्याहा दिदीबहिनी) प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडा । टिकटक एप्सबाट दर्शकमाझ चिनिएपछि म्युजीक भिडियोमा देखिनुभएका टुईन्स गर्लले अहिलेसम्म १५ वटा म्युजीक भिडियोमा काम गरिसक्नुभएको छ ।

‘‘हामी सुरुवातको भिडियोमा पनि सँगै आएको र दर्शकलेरुचाउनु भएका कारणले एक्लै भिडियो नगर्ने निर्णय गरेका हौं ।’’

प्रिन्सी र प्रिज्मा अहिलेसम्म सबै म्युजीक भिडियोमा सँगै देखिनुभएको छ । अर्थात अहिलेसम्म छुट्टा छुट्टै काम गर्नुभएको छैन । दर्शकमाफ टुईन्स भनेर चिनिएको र सबै भिडियोमा सँगसँगै आएको कारणले अहिलेसम्म एक्का एक्लै (छुट्टिएर) भिडियोमा काम नगरेको उहाँहरुको भनाई छ । ‘हामीले अहिलेसम्म एक्ला एक्लै भिडियोमा काम गरेका छैनौं । सुरुवातको समयमा केहिले सिंगलका लागी अफर गर्नुहुन्थ्यो तर अहिले हामीले गर्दैनौं भन्ने थाहा पाएपछि एक्लैका लागी अफर आउँदैन ।’ प्रिज्माले भन्नुभयो । ‘हामी सुरुवातको भिडियोमा पनि सँगै आएको र दर्शकले रुचाउनु भएका कारणले एक्लै भिडियो नगर्ने निर्णय गरेका हौं ।’

नेपाली म्युजीक भिडियोको बजारमा प्रिन्सी र प्रिज्माले एक म्युजीक भिडियोमा काम गरेको एक लाख लिने गर्दछन् । मंगलबार राजधानीको अनामनगरमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै उहाँहरुले अभिनय गरेको नयाँ गीत सार्वजनिक गरियो । ‘नेपाल गए कपाल सँगै’ बोलको गीतमा टुईन्स गर्लसँग नायक पल शाहको नृत्य रहेको छ । सुरेन्द्र मल्लको निर्देशनमा तयार भएको उक्त भिडियो ७ लाख लगानीमा निर्माण भएको बताइएको छ । गीतमा बाबुल गिरी र बसन्ती लामाको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत पनि गायक बाबुलकै रहेको छ । चक्र बरालले खिचेको भिडियो सिलान लम्सालले सम्पादन गर्नुभएको हो ।

(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)

Video: