अनलाइन एकल नाटक प्रतियोगिता हुने

पुस, काठमाडौं ।

साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले अनलाइन मार्फत नयाँ प्रतिभा खोज्ने भएको छ । संस्थानले ‘अनलाइन एकल नाटक प्रतियोगिता’ आयोजना गर्ने बताएको छ । ‘अब घर–घरमा रंगमञ्च’ भन्ने अवधारणा आत्मासात गर्दै देश विदेशका प्रतिभावान कलाकारको खोजी गर्न प्रतियोगिता आयोजना गर्न लागिएको संस्थानले जनाएको छ ।

प्रतियोगितामा नेपाली वा मातृभाषा प्रयोग गर्न सकिने, नाटकको अवधि १५ देखी २० मिनेटको हुनुपर्ने बताइएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले नाटकको पाण्डुलिपिसहित सोहीअनुसार नाटकको भिडियो खिचेर २०७७ माघ मसान्तभित्र पठाउनुपर्ने, कलाकारको एकल प्रस्तुति हुनुपर्ने, नाटकको भिडियो एक सर्टको मात्र हुनुपर्ने प्रावधान राखिएको छ ।

देशको सार्वभौम अखण्डतामाथि आँच आउने, सामाजिक एवं धार्मिक सद्भाव खल्बलिने, कोही व्यक्ति वा समुदायको मानमर्दन हुने, मित्रराष्ट्रहरूप्रति नकारात्मक टिप्पणी गर्ने, राजनीतिक दल वा विचार झल्कने विषयजस्ता मान्य हुने छैन । यस्ता नाटकलाई प्रतियोगितामा समावेश गरिने छैन । प्रतियोगिताका लागि प्राप्त नाटकमध्ये पहिलो चरणमा निर्णायकले उत्कृष्ट २५ नाटक छनोट गर्ने सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले बताउनु भएको छ । उत्कृष्ट २५ नाटकलाई सांस्कृतिक संस्थानको सबै अनलाइन पोर्टलबाट प्रसारण गरिनेछ । उत्कृष्ट ५ नाटकलाई सांस्कृतिक संस्थानको मञ्चमा रंगमञ्चीय वातावरणबीच लाइभ प्रस्तुतिमार्फत विजेता छनोट गरिनेछ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रोलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार एवम् दुई जनालाई सान्त्वना पुरस्कार स्वरुप १५, १५ पाउने छन् । उत्कृष्ट ५ मा परेका राजधानी बाहिरका प्रतियोगीलाई काठमाडौं आउने, जाने, बस्ने, खाने सबै व्यवस्था सांस्कृतिक संस्थानले गर्नेछ ।  तर देश बाहिर रहेका कुनै प्रतियोगी छनोट भएमा नेपाल आउने जाने खर्च आफैंले व्यहोर्नुपर्नेछ । बस्ने, खाने व्यवस्था सांस्कृतिक संस्थानले गर्ने जनाएको छ । अनलाइन पोर्टलमा राखिएका नाटकहरु दर्शक आफैले जज गर्ने  बताइएको छ । लाइक कमेन्टको आधारमा नाटक छनोट हुनेछन्