दर्शकका लागी जोखिम मोल्न तयार छौंः शिव श्रेष्ठ

पुस, काठमाडौं ।

वरिष्ठ अभिनेता शिव श्रेष्ठको टिमले निर्माण गरेको नयाँ चलचित्र ‘यस्तो एउटा प्रेम कहानी’ यहि आउँदो माघ १ गतेबाट हलहरुमा प्रदर्शन हुने भएको छ । पछिल्लो १० महिना देखी ठप्प रहेका हलहरुमा नयाँ चलचित्र प्रदर्शन हुन लागेको हो । गतसाताबाट चलचित्रहलहरु खुलेपनि पुराना दुईचलचित्र प्रदर्शन गरिएको थियो तर दर्शकको संख्या शुन्य जस्तै छ ।

डेढबर्ष अघि नै निर्माणको घोषणा गरिएको चलचित्र ‘यस्तो एउटा प्रेम कहानी’का मुख्य कलाकार शिव श्रेष्ठले आफुहरुले नयाँ चलचित्रहलमा लगाउन सुरु गरेको र दर्शकको साथ पाउनेमा आशा राखेको बताउनुभयो । ‘हामीलाई यतिका समयसम्म दर्शकले साथ दिनुभयो । हामी आज दर्शकले गर्दा कलाकार भयौं, लामो समय भयो हलमा नयाँ फिल्म लाग्न सकेका छैनन्, त्यसैले अब दर्शकका लागी हामीले गर्ने पालो आएको छ । त्यसैले हामीले सुरुवात गरेका हौं ।’ अभिनेता श्रेष्ठले भन्नुभयो । ‘अहिले कोरोनाको डर भन्दा पनि धेरै ठाउँमा सतर्कता भएर जनजीवन सुचारु भइरहेको छ । हलहरुमा पनि उच्च सतर्कता छ त्यसैले डराउनुपर्ने कुनै कुरा छैन ।’

‘‘लामो समय भयो हलमा नयाँ फिल्म लाग्न सकेका छैनन्, त्यसैले अब दर्शकका लागी हामीले गर्ने पालो आएको छ ।’’

करोडौंको लगानी रहेको चलचित्र यो समयमा प्रदर्शन गर्नु त जोखिम मोल्नुहो नि ? हाम्रो प्रश्नमा अभिनेता श्रेष्ठ भन्नुहुन्छ, ‘दर्शकका लागी जोखिम मोल्न तयार छौं ।’ चलचित्रमा अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नवनायिका कबिता मानन्धरको मुख्य अभिनय रहेको छ । कबिता अभिनेत्री करिश्मा मानन्धरको छोरी हुनुहुन्छ । मंगलबार राजधानीको ठमेलस्थित अलफ्ट होटलमा आयोजीत पोष्टर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा कार्यक्रममा नवनायक तथा नायिकाको भने अनुपस्थिती थियो ।

चलचित्रमा शिव श्रेष्ठसँगै बसुन्धरा भुसाल, किरण केसी, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, बर्षा राउत, सन्जोग कोइराला, आङ तेम्बे शेर्पा, मिथिला शर्मा, बिष्णु चेम्जोङ, रेखा फागु लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र दिपेश सापकोटाले निर्देशन गर्नुभएको छ । सुसन प्रजापतिले खिचेको चलचित्र उज्जवल ढकालले सम्पादन गर्नुभएको छ । (समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)

Video Interview: Click Here